बन्द भएको कृषि औजार कारखाना आविष्कार केन्द्रले चलाउने

बन्द भएको कृषि औजार कारखाना आविष्कार केन्द्रले चलाउने

काठमाडौँ : बन्द रहेको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता भएको छ।

सरकारले आर्थिक वर्ष २०७९।०८० को बजेटमा कारखाना सञ्चालनमा ल्याउने उल्लेख गरेको थियो। बुधवार मन्त्रालयका अधिकारी र केन्द्रका प्रमुख महावीर पुनबिच सम्झौता भएको हो। मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा समेत उपस्थित थिए।

१२ असोज, २०७९, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।