ठमेल रेमिट एनपीएस प्रणालीमा आबद्ध, अमेरिकाबाट पठाएको रेमिटेन्स सजिलै नेपालमा पाउन सकिने

ठमेल रेमिट एनपीएस प्रणालीमा आबद्ध, अमेरिकाबाट पठाएको रेमिटेन्स सजिलै नेपालमा पाउन सकिने

काठमाडौँ : ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को प्राविधिक सदस्य भएको छ। ठमेल रेमिटले आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको हो।  

एनसीएचएलसँगको आबद्धतापछि संयुक्त राज्य अमेरिका (युएसए) बाट पठाएको पैसा केही सेकेन्डमै नेपालमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

ठमेल रेमिटका सह-संस्थापक बालके जोशीले सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैर-कार्डमा आधारित, बैङ्क-टू-बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउने बताएका थिए।

अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भए पनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको भएको यो पहिलो पटक हो। 

१२ असोज, २०७९, १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।