सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौंः सुनको मूल्य तोलामै २ सय रूपैयाँले बढेको छ।

मंगलबार ९१ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य बुधबार ९१ हजार १ सय रूपैयाँ कायम भएको छ। मंगलबार तेजाबी सुन तोलाको ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने तोलको ५ रूपैयाँ घटेको छ। मंगलबार १ हजार १५० रूपैयाँमा किनबेच भएको चाँदी बुधबार तोलको १ हजार १४५ रूपैयाँ कायम भएको छ।

१२ असोज, २०७९, ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।