अमेरिककाको ‘भ्वाइस’मा १७ वर्षीय परिजिता बास्तोलाले घुमाइन् चारवटै कुर्सी, कोचलाई दिइन् नेपालबाट लगेको रुद्राक्षकाे माला (भिडियो)

अमेरिककाको ‘भ्वाइस’मा १७ वर्षीय परिजिता बास्तोलाले घुमाइन् चारवटै कुर्सी, कोचलाई दिइन् नेपालबाट लगेको रुद्राक्षकाे माला (भिडियो)

काठमाडौंः नेपाली मुलकी १७ वर्षीया परिजिता बास्तोलाले अमेरिकाको  ‘द भ्वाइस’मा चारवटै कुर्सी घुमाएकी छन्।

१९ सेप्टेम्बर २०२२ मा प्रशारण भएको श्रृंखलामा ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाएकी बास्तोलाले चारवटै कोचलाई घुमाइनन् मात्रै कोचले उठेरै उनको गायकीको प्रशंसा गरे।

प्रस्तुतिपछि कोचहरू क्यामिला काबेलो, ब्लेक शेल्टन, ग्वेन स्टेफानी र जोन लिजेन्डले आफ्नो टीममा आउन आग्रह गरेका थिए। परिवारले उनलाई जोनको टिममा जान सल्लाह दिएपछि उनी सोही टिममा गएकी छन्।

माता बिरा तिवारी, पिता पंकज बास्तोला र दिदि प्रियांका सहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी उनले ४ वर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी थिइन्। दुई दशकअघि काठमाडौंबाट बास्तोला परिवार अमेरिका गएका थिए। परिजिताको जन्म उतै भएको हो।

उनले चारैजना कोचलाई नेपालबाट ल्याएको रुद्राक्षको माला भन्दै लगाइदिएकी छन्। कार्यक्रममा उनले आफू अमेरिकाको भ्वाइसमा आउने पहिलो नेप्लिज अमेरिकन भएकोसमेत दाबी गरेकी छन्।

 

१२ असोज, २०७९, ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।