९ हजार दर्शकबीच बंगलादेशविरुद्ध नेपालको शानदार जित, अञ्जनको ह्याट्रिक

९ हजार दर्शकबीच बंगलादेशविरुद्ध नेपालको शानदार जित, अञ्जनको ह्याट्रिक
तस्वीर- एन्फा

काठमाडौंः बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले ३–१ गोलको शानदार जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले तीन गोल गर्यो भने दोस्रो हाफमा बंगलादेशले एक गोल फर्कायो।

नेपालको जितमा अञ्जन विष्टले ह्याट्रिक गर्दा बंगलादशेका सज्जाद हुसेनले सान्त्वना गोल फर्काए।

खेलको १८औं, २७औं र ३८औं मिनेटमा विष्टले गोल गरेर नेपाललाई ३–०को स्थितिमा पुर्याउँदा हुसेनले ५५औं मिनेटमा गोल फर्काएका थिए।

१८औं मिनेटमा विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई विष्टले हेडमार्फत जाली चुमाएका हुन्।

२७औं मिनेटमा गोलकिपरबाट रिबाउन्ड भएर आएको बलमा विष्टले दोस्रो गोल गरे भने ३८औं मिनेटमा सुमन अर्यालले फ्रिकिक हानेको बललाई हेडमार्फत गोल गरे।

५५औं मिनेटमा रकिब हुसेनको पासमा सज्जाद हुसेनले हेडमार्फत गोल फर्काए। त्यसपछि भने कुनै पनि टिमबाट गोल हुन सकेन।

घरेलु टोलीलाई समर्थन गर्न करिब ९ हजारको हाराहारीमा दर्शक रंगशालामा उपस्थित भएका थिए।

११ असोज, २०७९, १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।