बंगलादेशविरुद्ध अञ्जन विष्टको ह्याट्रिक

बंगलादेशविरुद्ध अञ्जन विष्टको ह्याट्रिक

काठमाडौंः बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाली स्ट्राइकर अञ्जन विष्टले ह्याट्रिक गरेका छन्।

दशरथ रंगशालामा जारी खेलमा खेलको १८औं, २७औं र ३८औं मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाललाई ३–०को स्थितिमा पुर्याएका हुन्।

१८औं मिनेटमा विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई विष्टले हेडमार्फत जाली चुमाएका हुन् भने २७औं मिनेटमा गोलकिपरले रिबाउन्ड गरेको बलमा अञ्जनले गोल गरे।

यस्तै, ३८औं मिनेटमा सुमन अर्यालको क्रसमा विष्टले व्यक्तिगत तेस्रो गोल गरे।

योसँगै अञ्जनले अन्तर्राष्ट्रिय खेलमा दशौं गोल गरेका हुन्।

११ असोज, २०७९, १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।