शेयर बजारमा सुधार, कारोबार भने ६६ करोडको मात्रै

शेयर बजारमा सुधार, कारोबार भने ६६ करोडको मात्रै

काठमाडौंः कारोबार हुने साताको तेस्रो दिने शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।

मंगलबार नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ विन्दुमा पुग्दा क वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक २.५४ अंकले बढेर ३५८.१४ विन्दुमा चढेको छ।

यसदिन कारोबार रकममा भने कमी आएको छ। २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ६६ करोड ३० लाख रूपैयाँको कारोबार भएको छ।

उपसूचक समूहतर्फ होटल तथा पर्यटन र म्युचल फण्डबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा बढी विकास बैंक १.६२ प्रतिशत बढ्दा सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.३ प्रतिशतले बढेको छ।

यसदिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतमा वृद्धि भएको छ। यसको अहिलेको मुख्य ११८ रूपैयाँ ७० पैसा छ।

११ असोज, २०७९, १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।