शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर 

शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर 

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कन्ट्री प्रोग्राम फ्रेमवर्क(सीपिएफ)मा हस्ताक्षर गरेका छन्।

अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ।

साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ।  साथै सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएईएको ६६औं महासभालाई पनि सम्बोधन गरेका छन्।

सम्बोधनमा उनले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीहरूको पक्षमा नेपालले हस्ताक्षर गरेकाले आणविकको शान्तिपूर्ण प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको बताए।

साथै विश्वशान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिबद्धता रहेको बताउँदै आणविक विज्ञान र प्रविधिलाई आइएईको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए।

उनले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा पनि प्रष्ट पारे। सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५०औं वार्षिकोत्सवमा पनि सहभागीता जनाए।

११ असोज, २०७९, १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।