नेपाल बाहिर

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो


साङ्केतिक तस्बिर

एजेन्सी: बङ्गलादेशमा गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ पुगेको छ। बङ्गलादेशको राजधानी ढाकाबाट ४६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो।

त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ। डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताइएको छ।

बङ्गलादेशी अधिकारीहरूले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको बताएका हुन्।

स्थानीय सञ्चारमाध्यमहरूले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए। हाल भने दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको छ।

सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको थियो। अहिले पनि डुङ्गामा रहेका केही व्यक्ति हराइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले बताए।

प्रहरीले डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर दुर्घटना हुन पुगेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चामल अभाव हुने डर हटेपछि भारतले हटायाे निर्यातमा लगाएकाे प्रतिबन्ध

महाननिर्देशनालयले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।  वैदेशिक....

५८ वर्षीय एक पुरुषले जानाजान खाए १८७ वटा सिक्का

जब डाक्टरहरुले पत्याएनन् तब उनीहरुले एन्डोस्कोपी गरे र त्यसपछि थाहा भयो कि ती सिक्का ती व्यक्तिले आफैं निलेका थिए। डाक्टरले एन्डोस्कोपी गरेर ग्यास्ट्रोटोमी शल्यक्रिया गरेर....

क्यामरुनमा मृत्यु संस्कारका लागि जम्मा भएकाहरू पहिरोमा परे: १४ जनाको मृत्यु, केही बेपत्ता

क्यामरुनको यस क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए। त्यस....

संसारको एउटा यस्तो गाउँ जहाँ साँझमा मानिसको निद्रा हराउँछ

पोस्टका अनुसार यस गाउँको नाम कुल्लरपुर (कुल्लरपुर, अम्बाला) हो। यहाँ साँझपख मानिसको निन्द्रा हराउँछ। किनभने अनौठो कीराको डरले यहाँ मानिसहरूको दिमाग घुम्न थाल्छ।....

उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किम जोङ उनको दावी

किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन्। नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले....