काभ्रेको कुशादेवीमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने

काभ्रेको कुशादेवीमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने

काभ्रे: काभ्रेको पनौतीमा 'काभ्रे जिल्लाव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता' आयोजना हुने भएको छ। सुर्की हाउसमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पनौती नगरपालिका- २ कुशादेवीका वडाध्यक्ष पुरुषोत्तम अधिकारीले आगामी कात्तिक २ देखि ५ गतेसम्म भलिबल प्रतियोगिता हुने जानकारी दिए।

२ नम्बर वडाकै आयोजनामा हुने सो प्रतियोगिता स्थानीय धारा चौर खेल मैदानमा हुने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, पनौती नगरपालिका वडा नम्बर १ र ३ का वडाध्यक्षहरूको समेत उपस्थिति थियो।

भलिबल प्रतियोगिता सम्पन्न गर्न यसअघि नै वडाअध्यक्ष अधिकारीको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समिति बनाई जिम्मेवारी बाँडफाँट भइसकेको हिजो जारी प्रेस विज्ञप्तिमा जनाइको छ।

पनौती नगरपालिका वडा नम्बर १ र ३ का वडाअध्यक्षहरू पदेन सदस्य रहने गरी समिति गठन गरिएको थियो।

प्रतियोगिता सम्पन्न गर्न स्थानीय कुशादेवी युवा क्लब र लप्सेटार युवा समूहले सहजीकरण गर्नेछन्।

११ असोज, २०७९, ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।