सरकार र मोदीको विरोध गर्ने १० युट्युब च्यानलका ४५ भिडियो ब्लकलिस्टमा

सरकार र मोदीको विरोध गर्ने १० युट्युब च्यानलका ४५ भिडियो ब्लकलिस्टमा
तस्बिर– ध्रुव राठीको युट्युबबाट

एजेन्सीः भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारविरुद्ध बोल्ने १० युट्युब च्यालनका ४५ भिडियोमाथि कारबाही गरेको छ।

त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयको २३ सेप्टेम्बरमा बसेको बैठकले युट्युबलाई ४५ भिडियो ब्लक गर्न निर्देशन दिएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

सूचना तथा प्रसारण मन्त्रालयले भने देशमा साम्प्रदायिक हिंसा फैलाउने, देशको बारेमा नकारात्मक सन्देश जाने भिडियो बनाएकाले कारबाही गरिएको जनाएको छ। भिडियोमा सरकारले मुस्लिम समुदायको धार्मिक अधिकारी खोसेको आरोप लगाइएको छ।

अग्निपथ योजना, भारतीय सशस्त्र बल र भारतको राष्ट्रिय सुरक्षा तन्त्र, कश्मिर र अन्य मुद्दामाथि दुष्प्रचार गरिएको केही भिडियोसमेत मन्त्रालयले ब्लक गर्न निर्देशन दिएको छ।

यस्तै, देशको सीमालाई फरक तरिकाले देखाउने, देशको सम्प्रभुता र अखण्डता, राष्ट्रिय सुरक्षा, विदेशी सम्बन्ध र सार्वजनिक व्यवस्थाको कमजोर गरेको आरोप भिडियो बनाउनेहरूमाथि लगाइएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरिएको केही भिडियो हटाउन भनिएको छ भने चीनमा भारतीय सेना घुसपैठ गरेको दाबी गरिएको भिडियोलाई पनि कारबाही गरिएको छ।

यति मात्र नभएर भारतीय सेनामा आन्तरिक कलह भएको खुलासा गर्ने भिडियो पनि हटउान लगाइएको छ।

१० असोज, २०७९, २२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।