देवदहमा १० शय्याको नगर अस्पताल सञ्चालनमा

देवदहमा १० शय्याको नगर अस्पताल सञ्चालनमा

बुटवलः रूपन्देहीको देवदह नगरपालिकामा १० शय्याको देवदह नगर अस्पताल सञ्चालनमा आएको छ।

नगरप्रमुख धुब्रप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा उद्घाटन गरेसँगै १० शय्याको अस्पताल सञ्चालनमा आएको हो।

आफ्नै भवन भएपछि ५ शय्या थप गरेर १५ शय्याको अस्पताल बनाइने नगरप्रमुख धुब्रप्रसाद खरेलले जानकारी दिए।

आफ्नो निर्वाचनको घोषणपत्र अनुसार नै अस्पताल सुरु गरिएको भन्दै उनले विशेषज्ञ सेवाहरू क्रमशः थप्दै जाने बताए।

त्यसैगरी, उप–प्रमुख विद्यालक्ष्मी गुरुङले नगरबासीको स्वास्थ्य समस्या निवाकरणका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताइन्।

अस्पतालको निर्माणधीन भवनको अहिले ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। ६ करोड ५० लाखको लागतमा आगामी असार २४ गते भवन निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ।

१० असोज, २०७९, १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।