एकै दिन १०५२ जनामा डेंगु संक्रमण, तीन जनाको मृत्यु

एकै दिन १०५२ जनामा डेंगु संक्रमण, तीन जनाको मृत्यु

काठमाडौंः देशभर एकै दिन एक हजार भन्दा बढी मानिसमा डेंगु संक्रमण पष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबारसम्म २४ हजार ४९२ जनामा देखिएको डेंगु आइतबारसम्म २५ हजार ५४३ जनामा पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। मन्त्रालयले आइतबारसम्मकको विवरण सार्वजनिक गरेको छ।

यस्तै, संक्रमणका कारण पछिल्लो २४ छण्टामा तीन जनाको मृत्यु भएको छ। शनिबारसम्म २९ जनाको मृत्यु भएकोमा मन्त्रालयले सार्वजनिक गरेको आतइबारसम्मको तत्थ्यांकमा मृतकको संख्या ३२ पुगेको उल्लेख छ।

मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमतीमा १९ हजार ९१०, लुम्बिनीमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ।

१० असोज, २०७९, १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।