उकेरा मन्थन

बाँलाम्ह मनु बालेन: टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !


काठमाडौंबाट सुरु भएको बालेनको क्रेज चार भञ्ज्याङ कटिसक्यो। चुनावअघिसम्म र्‍यापर अनि इन्जिनियरको पहिचान मात्र थियो उनीसँग। काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिँदासम्म पनि धेरैले पत्याएका थिएनन् उनलाई। तर मतदाताले पत्याए, मेयर बने।

जित्न त जिते, अब के चाहिँ गर्लान् भन्ने प्रतीक्षामा उनी काठमाडौंको फोहोर व्यवस्थापनतिर धेरै अल्झिए। जब फोहोर व्यवस्थापनको विवाद किनारा लाग्यो, उनको रफ्तार बढ्यो। एकाएक युवाका आइकन समान बने। इन्द्रजात्राको उद्घाटन सत्रमा देखिएको दृश्यले उनको क्रेज प्रष्ट देखायो।

नर्भिक अस्पतालले ओगटेको सरकारी जग्गाको अवैध संरचना हटाउन खोजेपछि सुरु भएको उनको अभियान जय नेपाल हलको आँगनको टुकुचा खोतल्दासम्ममा चर्चित भयो। उनको क्रेज ह्वात्तै बढ्यो।

उनको कामको प्रभाव अन्य स्थानीय तहमा पनि देखिन थाल्यो। मेयरहरू जेसीबी (चल्तीको भाषामा डोजर) चढेर अवैध संरचना भत्काएको भन्दै फोटो सेसन गर्न थाले।

बालेनले चमत्कार केही गरेका छैनन्। केवल हिजोका सत्ताले थुपारेका प्रशासनिक फोहोर सफा गर्ने प्रयास गरिरहेका छन्, जेसीबीमार्फत्। महानगरमा चलिरहेको अनियमितता, अचाक्ली अनि अशोभनीय कामलाई नियमित र शोभनीय बनाउने प्रयास गरिरहेका छन् उनले।

मुख्यतः मेयर बालेन टिमको एक्सन ती व्यक्ति लक्षित देखियो जसले सत्तानिकट रहेर कुनै न कुनै बहानामा सरकारी सम्पत्ति ओगटेका थिए। यस्ता कति होलान्? महानगरले चलाएको 'डोजर'ले देखाएअनुसार यी असंख्य छन्। 

स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने संरचनाको संरक्षण अनि नक्सापास नगरी बनाएका संरचना हटाउने कानूनी अधिकारको प्रयोग गरिरहेका छन्। शहरलाई कुरूप बनाउने बोर्डहरू हटाइरहेका छन्। फुटपाथै मिचेर बनेका संरचनामा 'डोजर' चलाएका छन्।

अर्थात् स्थानीय सरकारका विद्यमान ऐन नियमअनुसार नबनेका, नभएका संरचनामाथि उनले नियमपूर्वक कारवाही चलाएका छन्।

'पार्किङ राख्छु' भनेर नक्सापास गर्दा छुट लिएका घरमा राखिएका पसल हटाए। स्वीकृत नलिई बनेका संरचना, शहरै कुरूप देखिने पसल अनि आफूखुशी बाटो ढाक्नेगरी राखिएका संरचना भत्काए। 

यो महानगरको नेतृत्त्वले गर्ने नियमित कामै त हो। उनले त्यही नियमित काम गर्दा पनि वाहवाही पाइरहेका छन्।

अहिले काठमाडौं महानगरका नगरप्रहरी 'डोजर' लिएर जता जान्छन् त्यहाँ विपक्षमा भन्दा पक्षमा रहेकाहरूको संख्या बाक्लो देखिन्छ। मिडियाले खुराक अनि अन्टसन्ट राखेर दर्शक भड्काएका युट्युबरले प्रशंसा पाउने कन्टेन्ट पाइरहेका छन्।

(अडियो)

मुख्यतः मेयर बालेन टिमको एक्सन ती व्यक्ति लक्षित देखियो जसले सत्तानिकट रहेर कुनै न कुनै बहानामा सरकारी सम्पत्ति ओगटेका थिए। यस्ता कति होलान्? महानगरले चलाएको 'डोजर'ले देखाएअनुसार यी असंख्य छन्। 

असन क्षेत्रमा उनले जहाँ-जहाँ खाली गराएका थिए, त्यहाँ पुनः सडक पसलहरू सुरु भइसकेका छन्। राजनीतिक दलको आवरणमा विरोध प्रदर्शन सुरु भइसकेको छ।

जसले सक्यो सडक छेउको सरकारी जग्गा मिचेकै छन्। सक्नेले ड्याम्मै मिचेका छन्। नसक्नेले एकबित्ता भए पनि छाडेका छैनन्। उनीहरू हातमा नक्सा बोकेर बस्छन्। तर 'अनि बेसमेन्ट भनेको ठाउँमा बेसमेन्ट खै?' भन्ने प्रश्नको उत्तर दिन सक्दैनन्।

जेसीबीले अवैध संरचना हटाउँदा विरोध गर्नेहरूभन्दा ताली पिट्नेहरूको संख्या बाक्लो देखिन्छ। तर यो उनको कामको प्रारम्भ मात्र हो। उनीसामु चुनौती टन्नै छन्। 

टुकुचा बनेको इच्छुमतीको विषय अदालतमा प्रवेश भइसक्यो। विस्तारै जहाँ-जहाँ जेसीबी चलेका छन् ती विषय पनि अदालतमा प्रवेश हुनसक्छन्। हिजो सडक चौडा गर्दाका कानूनी अड्चन जस्तै।

यो त भयो एक समस्या। सबैभन्दा ठूलो समस्या भनेको अहिले जहाँ-जहाँ जेसीबी चलेका छन् अब त्यहाँ के बन्छन्? अनुगमन कसरी हुन्छ? भन्ने पनि हो।

जस्तो असन क्षेत्रमा उनले जहाँ-जहाँ खाली गराएका थिए, त्यहाँ पुनः सडक पसलहरू सुरु भइसकेका छन्। राजनीतिक दलको आवरणमा विरोध प्रदर्शन सुरु भइसकेको छ।

अर्को समस्या भनेको महानगरले नै निम्त्याउने समस्या हो। हिजो महानगरको भ्रष्ट प्रशासन संयन्त्रले अनुमति नै दिन नमिल्ने स्थानको पनि नक्सापास गरेर भवन निर्माण अनुमति स्वीकृत गरेको हकमा के हुन्छ? उनले जग्गा वा भवनधनीलाई मात्र दण्डित गर्छन् या त्यस्ता भ्रष्ट निर्णय गर्ने कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउछन्?

उनले महानगरको कुशासनका कारण सिर्जना भएका समस्यामा केवल जग्गाधनीलाई मात्र दण्डित गरे भने यो पक्कै पनि न्यायको सिद्धान्तबाट स्वीकार्य हुने पक्ष होइन नै।

महानगरमा बनेका अवैध संरचना, सरकारी जग्गा मिचिनु एक समस्या हो। तर महानगरको सबै समस्या यो मात्रै होइन। यहाँ अनगिन्ती समस्याहरूको चाङ छ। अहिले उनी जसरी अवैध संरचनामा केन्द्रित भएका छन् एक एक गरेर ती समस्यामाथि प्रहार भएमा नयाँ महानगरको परिकल्पना साकार हुनसक्छ।

केवल अवैध संरचना भत्काएर मात्रै महानगरको अन्य समस्या पक्कै सुल्झन् सक्दैन। यहाँको स्वास्थ्य संरचना, शैक्षिक संरचना बदल्नु उत्तिकै महत्वपूर्ण छ। यहाँको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण उत्तिकै जटिल छ।

महानगरका ३२ मध्ये २० वडामा कांग्रेसको नेतृत्त्व छ। १२ वडामा एमाले। अहिले अन्य दलका वडाध्यक्षहरूले पनि बालेनको प्रयासमा साथ दिइरहेका छन्। एमाले अवैध अतिक्रमणको विपक्षमा उभिँदा पनि त्यही पार्टीबाट उपमेयरमा जितेकी सुनिता डंगोल पनि बालेनको साथमा उभिएकी छिन्। यो सकारात्मक संकेत हो।

महानगरपालिकाका संयन्त्रहरूले प्रवाह गर्ने सेवा प्रवाहको आधुनिकीकरण र सेवाग्राहीमैत्री बनाउनु उत्तिकै अनिवार्य छ। जबसम्म उनले अवैध संरचनामा 'डोजर' चलाए जस्तै महानगरमा रहेको कुशासन र भ्रष्ट संरचनामा चलाउन सक्दैनन् तबसम्म नयाँ महानगरको उनको परिकल्पना साकार हुन सक्दैन।

एक टुकुचाको अतिक्रमण हटाउँदैमा बालेनप्रति आश गरेर मत दिएका मतदाताको आशा पक्कै पूर्ण हुन सक्दैन।

मेयर बालेन्द्र ६१ हजार ७६७ मत ल्याएर काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा झण्डै दोब्बर मतान्तरले जित हासिल गरे पनि तीन लाखभन्दा बढी मतदाता रहेको काठमाडौंमा उनले पाएको मत कुल मतदाता संख्याको २० प्रतिशत मात्रै हो।

तर, उनी मेयरमा निर्वाचित भएपश्चात् उनका समर्थक बढेका छन्। लाग्छ, काठमाडौं जिल्लाका २० लाख र  काठमाडौं महानगरका आठ लाख अधिक जनसंख्या उनको समर्थनमा छन्।

केन्द्रीय तथ्यांक विभागको तथ्यांक भन्छ- दुई लाखभन्दा बढी घरधुरी रहेको काठमाडौं महानगरका आधाबढी जनसंख्या भाडामा बस्छन्। जनसंख्याको मामिलामा घरधनीभन्दा डेरावालको संख्या बढ्दै गएको काठमाडौंमा रैथानै नेवारहरूको संख्यालाई अन्य समुदायको जनसंख्याले टपिसकेको छ। 

महानगरका ३२ मध्ये २० वडामा कांग्रेसको नेतृत्त्व छ। १२ वडामा एमाले। अहिले अन्य दलका वडाध्यक्षहरूले पनि बालेनको प्रयासमा साथ दिइरहेका छन्। एमाले अवैध अतिक्रमणको विपक्षमा उभिँदा पनि त्यही पार्टीबाट उपमेयरमा जितेकी सुनिता डंगोल पनि बालेनको साथमा उभिएकी छिन्। यो सकारात्मक संकेत हो।

नेवारीमा राम्रो कामलाई 'बाँलागु ज्या' भनिन्छ। अनि राम्रो काम गर्ने ब्यक्तीलाई 'बाँलाम्ह मनु'। बालेन बाँलाम्ह मनुको पर्याय बनेको संस्कृतिविद् हरिराम जोशीको मत छ।

टुकुचा खोलालाई नक्साबाट गायब गर्ने अमिन, तात्कालीन नापी कार्यालयका नेतृत्त्व,  जग्गापास गरिदिने मालपोत अधिकृत, नक्सापास गरिदिने महानगर नक्सा शाखाका इन्जिनियर, फिल्ड भिजिट गर्ने ओभर्सियर, निर्माण सम्पन्न प्रमाणपत्र दिने अधिकृत पनि टुकुचा अतिक्रमणका दोषी हैनन् र!

कसैले कल्पना पनि गर्न नसकेको टुकुचा खोज्ने बालेनको हिम्मत देखेर वयोवृद्ध जोशी निकै खुशी देखिन्छन्। पुतलीसडक-रामशाहपथ सडक नबन्दा आमासँग टुकुचा खोलाको किनारै किनार गोरेटो बाटो हिँडेर कमलादिस्थित मामाघर आएको सम्झना ताजै छ जोशीको मस्तिष्कमा। 

जसको पालामा छोपिएको भए पनि टुकुचामाथि अन्याय भएकै हो भन्छन् जोशी। उनको यो मतले काठमाडौंका रैथाने समेत उनको पक्षमा रहेको पुष्टि हुन्छ।

जोशीले भने जस्तै जुन शासकको पालामा भए पनि टुकुचामाथि अतिक्रमण र अन्याय भएकै हो। तर अन्याय र अतिक्रमण अहिले त्यहाँ जो जसको बसोबास छ उनीहरूको हो या यसमा अन्य पनि जोडिन्छन्? यो केलाउन भने आवश्यक छ। 

जसले कानूनबमोजिम जग्गा किने, नक्सापास गरेर घर बनाए अनी राजस्व तिरे ती मात्र दोषी हुन सक्दैनन्।

टुकुचा खोलालाई नक्साबाट गायब गर्ने अमिन, तात्कालीन नापी कार्यालयका नेतृत्त्व,  जग्गापास गरिदिने मालपोत अधिकृत, नक्सापास गरिदिने महानगर नक्सा शाखाका इन्जिनियर, फिल्ड भिजिट गर्ने ओभर्सियर, निर्माण सम्पन्न प्रमाणपत्र दिने अधिकृत पनि टुकुचा अतिक्रमणका दोषी हैनन् र!

रानीपोखरी किनार ओगटेर बनेको उपत्यका प्रहरी कार्यालय, पोखरी मासेर बनेको सिभिल मल, टुँडीखेल हडपेर बनेको नेपाली सेनाको खेल मैदान र भवनहरू, विभिन्न पोखरी अतिक्रमण गरी बनेका विद्यालय, अस्पताल जस्ता संरचनामा बालेनको 'डोजर' चल्छन् त अब?

त्यसैले टुकुचामाथि लामो समयदेखि भएको अन्यायको क्षतिपूर्ति गर्ने हो भने जग्गाधनी मात्रै होइन खोलाको जग्गा मिच्न सघाउने प्रशासन संयन्त्र पनि दण्डित हुनुपर्छ। जग्गाधनीलाई मात्र अतिक्रमणकारी देखाउनु समस्याको स्थायी समाधान होइन। हुन सक्दैन।

मेयर बालेनको कामले हौसिने र आश गर्नेहरू बढेका छन्। अर्को उदाहरण:

उनले जसरी टुकुचा उत्खनन् गरे त्यसरी नै अब कैलाशकुट भवन पनि उत्खनन् गर्ने आशमा पो छन् जोशी। नक्सालस्थित दूरसञ्चारको भवन बनाउने क्रममा जग खन्दा केही पुरातात्विक महत्त्वका इँटाहरू भेटिएका थिए। ती हतार-हतार त्यसै पुरिएका छन्।। यसका साक्षी उनै जोशी हुन्।

उनी त्यहाँ पनि 'डोजर' चलाउने हो भने बालेनले काठमाडौंको इतिहासको यो अत्यन्त महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रारम्भ हुने बताउँछन् उनी। 

तर, सम्भव छ त?

रानीपोखरी किनार ओगटेर बनेको उपत्यका प्रहरी कार्यालय, पोखरी मासेर बनेको सिभिल मल, टुँडीखेल हडपेर बनेको नेपाली सेनाको खेल मैदान र भवनहरू, विभिन्न पोखरी अतिक्रमण गरी बनेका विद्यालय, अस्पताल जस्ता संरचनामा बालेनको 'डोजर' चल्छन् त अब?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

संसारलाई झुक्याउने किट्टियाको फोटोग्राफीमा पहिल्यैदेखि 'कन्भिन्स्ड' थिएनन् फोटोपत्रकार चन्द्रशेखर कार्की

अस्वाभाविक प्रकाश र कोलाज इफेक्ट (तस्बिरहरू जोडिएको) हुनसक्ने आकलनपछि अल्पाइनम्याग्ले यसबारे खोज गरेको रहेछ। जसमा किट्टियाले सार्वजनिक गरेको चारमध्ये तीन फोटो म्यानिप्युलेट गरिएको तथ्य अगाडि....

निर्वाचन डायरी: काठमाडौंका मतदान केन्द्रमा 'लाइन' कम भएको अधिकांशको अनुभव

मतदान गर्न पुग्नेले यसपालि सहज रूपमा मतदान गरेको पनि बताए। मतदानका लागि लामो 'लाइन' नभएकाले सहज भएको मतदाताको भनाइ थियो। बानेश्वर क्याम्पस मतदान केन्द्रमा मतदान गरेर....

पाँच वर्ष पछुताउनु नपर्ने गरी मताधिकार प्रयोग गरौँ

आज हामी मतदाताले मतदानमार्फत जस्तो जनादेश दिन्छौँ आगामी पाँच वर्षको दृश्य त्यस्तै नै हुनेछ। योजना भएकालाई मत दिएर संसद्मा पठाए विकासको शिलान्यास हुनसक्छ, अनुशासितलाई पठाए....

के नजिकका दाजुभाइ-दिदीबहिनीबीच विवाह रोक्न भाइटीका लगाउन सुरु गरिएको हो ?

यमुनाले आफ्ना दाजु यमको पूजा गरेर दीर्घायु र अटल प्रेमको कामना गरेको प्रसङ्गपछि नै भाइपूजाको चलन सुरू भएको कथन छ। भाइपूजाको प्रसङ्ग भविष्य पुराण,....

परम्पराअनुसार आज जुवा खेल्ने दिन*: हार्नेलाई वर्षभरि क्षति हुने, जित्नेलाई लाभ

बलिले आफ्नो प्रताप (शक्ति)का कारण स्वर्ग, मर्त्य र पाताल तीनै लोकलाई आफ्नो वशमा पार्न सफल भएका थिए भन्ने पौराणिक कथन छ। विष्णुले बलिलाई ठीक ठाउँमा....