प्रेम गीत-३ को हिन्दी भर्सनलाई बोर्डले दियो नेपाली फिल्मको मान्यता, सोमबार रिलिज हुने

प्रेम गीत-३ को हिन्दी भर्सनलाई बोर्डले दियो नेपाली फिल्मको मान्यता, सोमबार रिलिज हुने

काठमाडौँ : सञ्चार मन्त्रालयको हस्तक्षेपपछि चलचित्र विकास बोर्डले प्रेम गीत-३ को हिन्दी भर्सनलाई नेपाली फिल्म सरहको मान्यता दिएर सोमबारबाट रिलिज गर्ने बाटो खुलाएको छ।

हिन्दी भर्सनले कर चुक्ता लगायतका प्रक्रिया पुरा नगर्दा शुक्रवार रिलिज हुन सकेको थिएन। सबै प्रक्रिया पुरा गरेपछि बोर्ड नेतृत्व हिन्दी स्वरांकनलाई विदेशी फिल्मको सूचीमा राखेर थप १५ प्रतिशत कर लिनबाट पछि हटेको हो।

बोर्डले नेपाली फिल्म प्रेम गीत-३ को हिन्दीमा स्वरांकन भएको फिल्मलाई प्रसारण अनुमति दिन सिफारिस गरेको थियो। अब आइतबारै सेन्सर भएपछि सोमबारबाट हलमा प्रदर्शन हुनेछ। नेपाली भर्सन भने शुक्रवारबाटै रिलिज भयो। नेपाली शर्सनको मिश्रित प्रतिक्रिया आइरहेको छ।

सुटिङस्थलको छायाङ्कनको प्रशंसा भइरहेको ५ भने कथा, पटकथा र अभिनयको आलोचना भइरहेको छ। भारत लगायतका देशमा भने यो फिल्मको हिन्दी भर्सन रिलिज भइसकेको छ।

९ असोज, २०७९, १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।