भारत र अष्ट्रेलियाबीच निर्णायक टी ट्वेन्टी आज, पाकिस्तान र इङ्ग्ल्याण्ड पनि भिड्दै

भारत र अष्ट्रेलियाबीच निर्णायक टी ट्वेन्टी आज, पाकिस्तान र इङ्ग्ल्याण्ड पनि भिड्दै

काठमाडौं: भारत र अष्ट्रेलियाबीच जारी टी ट्वेन्टी श्रृङ्खला आज टुङ्गोमा पुग्दैछ। तीन खेलको श्रृङ्खलामा हाल दुवै टोली एक-एक जितसहित बराबरीको अवस्थामा छन्।

यी दुई टोलीबीच आज साँझ ७:१५ मा प्रतिस्पर्धा हुँदैछ।

यस्तै आजै पाकिस्तान र इङ्ग्ल्याण्ड पनि भिड्दैछन्। यी दुई टोलीबीच भइरहेको सात खेलको प्रतियोगितामा हालसम्म तीन खेल खेलिसकिएको छ।

आज हुने चौथो खेलअगाडिसम्म इङ्ग्ल्याण्ड २ र पाकिस्तान १ जितको अवस्थामा छन्। आज यी दुई टोलीबीच राति ८:१५ बाट प्रतिस्पर्धा हुनेछ।

चारै वटा टोलीले अक्टोबरमा हुने टी ट्वेन्टी विश्वकपअघि द्विदेशीय श्रृङ्खला खेलेर आफूलाई तयार गरिरहेका छन्। 

९ असोज, २०७९, १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।