नेपालमा प्रदर्शन नहुँदै ‘प्रेम गीत ३’को हिन्दी भर्सन लिक

नेपालमा प्रदर्शन नहुँदै ‘प्रेम गीत ३’को हिन्दी भर्सन लिक

काठमाडौंः नेपालमा प्रदर्शन नहुँदै फिल्म  ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक भएको छ।

सोमबारदेखि नेपालमा प्रदर्शनमा रहेको फिल्मको हिन्दी भर्सन टेलिग्राममा रिलिज भएको हो। टेलिग्राममा हल प्रिन्ट फिल्म लिक भएको छ। १ घण्टा ५६ मिनेट २८ सेकेण्डको भिडियो स्काइ एक्समार्फत लिक भएको हो।

नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ।

हिन्दी डबको विवाद तन्किएपछि सेन्सरमा ढिलाइ भएकाले नेपालमा सोमबारदेखि फिल्म प्रदर्शन हुँदैछ।

निर्माण टिमले भने हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न आग्रह गर्दै आएको छ।

८ असोज, २०७९, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।