पाकिस्तानी प्रधानमन्त्री सरिफले भने, 'भारतसँग शान्ति खोज्छौँ, तथापि जम्मू र कश्मीर विवादको समाधानमा निर्भर रहन्छ'

पाकिस्तानी प्रधानमन्त्री सरिफले भने, 'भारतसँग शान्ति खोज्छौँ, तथापि जम्मू र कश्मीर विवादको समाधानमा निर्भर रहन्छ'

एजेन्सी: पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवाहारको अपेक्षा गरेको बताएका छन्। उनले यसको लागि जम्मू र कश्मीरको विवाद समाधान हुनुपर्ने बताएका छन्।

"हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौँ, दक्षिण एसियामा दीगो शान्ति र स्थिरता चाहेका छौँ तथापि यो कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दीगो समाधानमा निर्भर रहन्छ", उनले भने।

तर भारत भने कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग रहेको कुरामा लामो समयदेखि अडिग छ।

"भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नैपर्छ। हामी छिमेकी हौँ र हामी सधैँभरि त्यहाँ छौँ, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो," पाकिस्तानका प्रधानमन्त्री सरिफले महासभामा भने।

सन् १९४७ यता तीन वटा युद्ध भइसकेको बताउँदै त्यसले दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढाएको उनले बताए। यसैले मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा आफूहरूको भएको उनले बताए।

८ असोज, २०७९, १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।