८८ वटा सुटकेसमा प्याक गरिएको साढे तीन टन कोकिन बरामद

८८ वटा सुटकेसमा प्याक गरिएको साढे तीन टन कोकिन बरामद

एजेन्सी: इक्वेडर प्रहरीले ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमार्फत ३.५ टन कोकिन बरामद गरेको छ। ८८ वटा सुटकेसमा प्याक गरिएको कोकिन बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा बरामद भएको इक्वेडरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताए।

योसहित सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागूऔषध बरामद गरिएको छ।

इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागूऔषधको तस्करीविरुद्धको लडाइँको घोषणा गरेका छन्।

बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागूपदार्थको तस्करीविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्दै "अन्तर्राष्ट्रिय अपराधको लागि अन्तर्राष्ट्रिय समाधान चाहिने" कुरा उल्लेख गरेका छन्।

८ असोज, २०७९, १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।