रोहित शर्माले टी ट्वेन्टीमा छक्का प्रहार गर्नेमा बनाए विश्व कीर्तिमान

रोहित शर्माले टी ट्वेन्टीमा छक्का प्रहार गर्नेमा बनाए विश्व कीर्तिमान

एजेन्सी: भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टी ट्वेन्टी क्रिकेटमा छक्का प्रहार गर्नेमा विश्व कीर्तिमान बनाएका छन्। गए राति सम्पन्न भारत र अष्ट्रेलियाबीचको खेलमा उनले ४ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्।

अब उनी यो फर्म्याटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी भएका छन्। यसअघि यो रेकर्ड न्युजिल्याण्डका मार्टिन गुप्टिलको नाममा थियो। उनले १७२ छक्का प्रहार गरेका छन्। हिजो रोहितले खेलको पहिलो ओभरमै जोश हेजलवुडको बलमा छक्का हानेर कीर्तिमान तोडेका हुन्।

अब रोहितको नाममा १७६ वटा टी ट्वेन्टी अनतर्राष्ट्रिय छक्का प्रहार गरेको रेकर्ड छ।

हिजोको खेल पनि भारतले नै ६ विकेटले जित्यो। तीन खेलको श्रृङ्खला अब १-१ को बराबरीमा छ।

८ असोज, २०७९, ११:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।