मेहनत भाको, तर बढी जान्ने हुँदा कामकुरो बिग्रिएको फिल्म 'प्रेम गीत ३'

मेहनत भाको, तर बढी जान्ने हुँदा कामकुरो बिग्रिएको फिल्म 'प्रेम गीत ३'

प्रोडक्सनदेखि प्रोमोशनसम्मै मेहनत गरेर पनि मीठो बन्न नसकेको फल हो- 'प्रेम गीत ३'।

विगतको एक कालखण्डको फिल्म अर्थात् पिरियोडिक ड्रामा विधाको फिल्म बनाउनु आफैँमा चुनौतीपूर्ण काम हो। सानोतिनो मेहनतले त बन्दै बन्दैन। त्यसैले पिरियोडिक ड्रामा विधामा बनेको यो फिल्ममा पनि मेहनत चाहिँ देखिन्छ।

कलाकारका नाकका प्वालहरू राता भएका छन् चिसोले। हातखुट्टा फुटेका छन्। एकातिर निर्माण युनिटले चिसोले फुटेका गाला छोप्दै नायक नायिकाको सुन्दरता देखाउने प्रयास गरेको छ। अर्कोतिर चिसोका कारण नीलो भएको ओठ थर्थराउँदै कलाकारले आगो निकाल्ने संवाद बोलेका छन्। यो मेहनत नै हो।

तर फिल्ममा 'हार्ड वर्क' देखिन्छ, 'स्मार्ट वर्क' देखिन्न। फिल्ममा यति धेरै कमजोरी छ कि, राम्रो कुराहरू सबै छायामा पर्छन्।

सुरुमा राम्रै विषयको चर्चा गरौँ।

कस्ट्युम डिजाइन अर्थात् वेशभूषा यो फिल्मको सुन्दर पक्ष हो। फिल्मलाई पिरियोडिक ड्रामा बनाउन सबैभन्दा मुख्य भूमिका यही पक्षको छ। फिल्मका पात्रले लगाउने पहिरन, गहना लगायतले केही हदसम्म फिल्मको संसारमा लैजान्छ नै।

कलाकारहरू सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, मनिष रावत, लक्ष्मी बर्देवा लगायतको काम सामान्य छ। मुख नखोलुञ्जेल राम्रा देखिन्छन्, मुख खोल्नेबित्तिकै डाइलग डेलिभरीले खिन्न बनाउँछ।

अर्को, इण्डोर शुटिङ कम भए पनि फिल्मको सेट डिजाइन राम्रो छ। हुन त यो बलिउड फिल्मकै नक्कल हो। उदाहरणका लागि 'मोहेन्जो दारो' फिल्मको इण्डोर र 'प्रेम गीत ३' को इण्डोर सेट उस्तै उस्तै छ। तथापि यसलाई राम्रै पाटोमा राख्न सकिन्छ।

यस्तै आउटडोर दृश्य गज्जबले खिचिएको छ। तर ती सुन्दर दृश्यले कथा भने भन्दैन। छायाकारले सुन्दर दृश्य खिचेर कथा नभने पनि 'वाउ' भन्ने भाव निकाल्न भने सकेका छन्।

यस्तै फिल्ममा प्रयोग गरिएका सिक्वेन्सहरूले कथालाई डोहोर्याएका छन्। जस्तो बागचाल या चेस जस्तै खेल देखाइन्छ। किन देखाइयो त भन्दा यी दुवै खेलमा कछुवा हुँदैन्। तर फिल्ममा कछुवा छ। डुमरी राज्यका मानिसहरूको कछुवा चालको रणनीतिले खजाक राज्य हात पर्ला या नपर्ला भन्ने कुरा यसमार्फत देखाइको छ।

फिल्ममा ब्याकग्राउण्ड म्युजिकमा राम्रै काम भएको छ। मेलोड्रामाको भाइब्स ल्याउँछ ब्याकग्राउण्ड म्युजिकले। हात्ती ढुंगामा र हर युग बोलको गीतले अल्छीलाग्दो माहोलमा केही समय दर्शकलाई रमाइलो गराउँछ।

फिल्ममा प्रदीप खड्काको सुन्दरता भने लोभलाग्दो छ। अन्य फिल्ममा नायिकालाई सुन्दर देखाउन मेहनत गरिए पनि यहाँ प्रदीपलाई सुन्दर देखाउन मेहनत गरिएको छ। जसमा निर्माण टिम सफल छ।

अरू त अरू प्रदीपको अगाडि कृष्टिना गुरुङ फिका छिन्। कलाकारहरू सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, मनिष रावत, लक्ष्मी बर्देवा लगायतको काम सामान्य छ। मुख नखोलुञ्जेल राम्रा देखिन्छन्, मुख खोल्नेबित्तिकै डाइलग डेलिभरीले खिन्न बनाउँछ।

प्रेम र गीतको मायाको साक्षी दर्शक बन्न सक्दैनन्। नायक नायिका एकातिर, दर्शक अर्कोतिर। फिल्मको अन्त्यमा गीतलाई बोकेर घाइते प्रेम स्वर्गद्वारीको बाटोतिर लम्के जस्तै, दर्शक खिन्न भएर फिल्म हलको 'एक्जिट'तर्फ जान बाध्य हुन्छन्।

फिल्मको पहिलो हाफमा दर्शक विस्तारै कथामा छिर्न खोज्छन्। तर पूर्णरूपमा कथाको दुनियाँमा छिर्न सक्दैनन्। बीचमा अड्कन्छन्।

अब कुरा गरौं फिल्म चुकेको पाटोको।

फिल्मका कुनै पनि पात्रसँग दर्शकले आफूलाई कनेक्ट गराउन सक्दैनन्। प्रेम (प्रदीप खड्का) को गीत (कृष्टिना गुरुङ) प्रति हुरुक्क हुने प्रेम, सामान्य केटी गीतको माया पाउन एक राजकुमारले गरेको संघर्ष मात्र पर्दामा छ। यसले गर्दा गीतबिना प्रेम अधुरो छ भन्ने खालको संवाद केवल संवाद मात्रै बनेको छ। भावनामा त्यस्तो छैन। 

प्रेम र गीतको मायाको साक्षी दर्शक बन्न सक्दैनन्। नायक नायिका एकातिर, दर्शक अर्कोतिर। फिल्मको अन्त्यमा गीतलाई बोकेर घाइते प्रेम स्वर्गद्वारीको बाटोतिर लम्के जस्तै, दर्शक खिन्न भएर फिल्म हलको 'एक्जिट'तर्फ जान बाध्य हुन्छन्। दर्शकसँग कम्युनिकेट गर्न नसक्नु नै फिल्मको ठूलो कमजोरी हो।

नायिका गीत किन त्यस्तो विशेष? सात गाउँकी छोरी भनेर उनलाई किन महत्त्व दिइयो? गाउँभर युवा अवस्थाका केटीहरू जम्मा एक किशोरी र गीत मात्रै किन छन्? यो कुरा बुझाउन फिल्मले सकेको छैन। 

थ्रेडिङ गरेकी, लिपिस्टिक लगाएर चिटिक्क परेकी, हातमा सर्लक्क परेका नङ पालेकी उनी मात्रै किन छिन् भन्ने उत्तर नपाउँदा पात्र निर्माण कस्मेटिक लाग्छ।

खजाक राज्यको दरगाहले सात गाउँमाथि गरेको शोषण देखाउन सकेको छैन फिल्मले। उल्टै प्रेमले बुद्धि छैन भनेर गाउँलेलाई थर्काउँदा ऊ महान् बन्छ। 

प्रेम र उनका दाजु अमन (मनिष रावत)बीचको सम्बन्ध, बाबु (शिव श्रेष्ठ) र दुई छोराहरूबीचको सम्बन्ध देखाउन फिल्म चुकेको छ। संवादमा भाइलाई महत्त्व दिएको जस्तो कुरा बोलाइएको छ तर त्यो पर्दामा भने देखिँदैन।

सन्तोष सेनको उपस्थितिले जति सशक्त हिरोइजम देखाइएको थियो प्रेमको त्यो खल्लो बन्छ। मुख्य र शक्तिशाली भनिएको पात्र नै कमजोर बनिदिन्छ।

नेपाली फिल्ममा हुने मुख्य गल्ती यसमा पनि छ। नायक जत्ति सशक्त छ, खलनायक उत्तिकै सशक्त भए न फिल्म टक्करको बन्छ। नायक जति नै बलियो भए पनि खलनायक कमजोर छ भने त्यो मज्जा आउँदैन। 

प्रेम गीत ३ पनि खलनायकको शक्ति देखाउन चुकेको छ। एक छिनसम्म शान्त पात्र, एक्कासि रिसमा बिनाकारण पुग्यो भने त्यो स्टोरी वर्ल्डमा प्रवेश गर्न गाह्रो पर्छ नि, यसमा पनि त्यही समस्या छ।

खजाक राज्यको दरगाहले सात गाउँमाथि गरेको शोषण देखाउन सकेको छैन फिल्मले। उल्टै प्रेमले बुद्धि छैन भनेर गाउँलेलाई थर्काउँदा ऊ महान् बन्छ।

बढी जान्ने हुँदा कसरी कामकुरो बिग्रन्छ भन्ने गतिलो उदाहरण हो प्रेम गीत ३ मा प्रयोग गरिएको भीएफएक्स।

गीतले मान्छेको लास छरिएको ठाउँमा 'तिमी मेरा लागि आएका हैन रहेछौ' भन्दै कोलाहल मच्चाउने दृश्यले गज्जबको फिल्म होला भनेर अपेक्षा बोकेर जानेहरूमा बाँण नै लागेजस्तो हुन्छ।

फेरि सुन्दर दृश्य खिचिएकै थियो, बेकारमा सस्तो भीएफएक्स किन गरेको होला भनेर दर्शकको मनमा प्रश्न खेलिरहन्छ। कतिपय शटमा प्रष्ट रूपमै कलाकारको टाउको काटिएको, ब्लर भएको देखिन्छ।

बढी जान्ने हुँदा कसरी कामकुरो बिग्रन्छ भन्ने गतिलो उदाहरण हो प्रेम गीत ३ मा प्रयोग गरिएको भीएफएक्स।

यस्तै फिल्मको एकदमै कमजोर पाटो हो द्वन्द्व। क्लाइमेक्सको द्वन्द्व त झनै पब्जी, फ्रिफायर जस्ता अनलाइन गेमबाट सापटी लिएका दृश्य जस्तै लाग्छन्। फुत्त हातमा भरुवा बन्दुक आएको छ, दुवै हात थाप्दा फेरि बञ्चरो आएको छ।

प्रेम गीत ३ को स्टोरी वर्ल्डमा भनिएका कथा र देखाइएका सबै दृश्यहरू काल्पनिक हुन्। अन्य देशकाले यसलाई नेपालको  इतिहासको रूपमा हेरे भने चाहिँ ब्लण्डर हुन्छ।

अनि भन्नैपर्ने कुरा, 'प्रकाश' भन्दा पछि यो फिल्मको शुटिङ भएको भए, प्रदीपको अभिनय सुन्दर हुन्थ्यो होला। कृष्टिनालाई अभिनय गर्दा त्यति धेरै चर्किन पर्दैन भनेर सिकाएको भए उनको अभिनयले मुटु घाइते हुँदैन थियो होला। स्क्रिनप्लेमा मेहनत गरिएको भए यो फिल्म बबाल हुन्थ्यो होला। राम्रा हिमालका दृश्य खिच्दाखिच्दै भीएफएक्स नघुसाएको भए सिनहरू गज्जबै हुन्थ्यो होला। 

धेरै कलाकारलाई नबोल्ने बनाएर माओत्से गुरुङलाई बोल्ने बनाइदिएको भए, फिल्ममा अभिनय कौशल पनि देखिन्थ्यो होला। (उनले नबोल्ने पात्रको अभिनय गरेका छन्।)

यसो गरेको भए हुने, यसो नगरेको भए हुने भन्ने पाटो फिल्ममा थुप्रै छन्। सूची लामै छ। 

विभिन्न देशमा गैरनेपाली भाषामा डब गरिएको भर्सन प्रदर्शनमा आएको छ। प्रेम गीत ३ को स्टोरी वर्ल्डमा भनिएका कथा र देखाइएका सबै दृश्यहरू काल्पनिक हुन्। अन्य देशकाले यसलाई नेपालको  इतिहासको रूपमा हेरे भने चाहिँ ब्लण्डर हुन्छ। यो इतिहास होइन भनेर स्पष्ट बुझाउन चाहिँ जरुरी छ।

८ असोज, २०७९, १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।