मेस्सीको दुई र मार्टिनेजको एक गोलको मद्दतमा अर्जेन्टिना विजयी

मेस्सीको दुई र मार्टिनेजको एक गोलको मद्दतमा अर्जेन्टिना विजयी

एजेन्सी: होण्डुरसविरुद्धको अनतर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिना ३-० गोलअन्तरले विजयी भएको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र लाउटारो मार्टिनेजले गोल गरे। मेस्सीले दुई र मार्टिनेजले एक गोल गरे।

खेलको १६औं मिनेटमा मार्टिनेजले गोल गर्दै खाता खोलेका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत गोल गरे।

यस्तै खेलको ६९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे।

हाल अर्जेन्टिना कतार विश्वकपको तयारीस्वरूप विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिरहेको छ।

८ असोज, २०७९, ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।