तेस्रो टी–ट्वान्टीमा इंग्ल्याण्डको शानदार जित, पाकिस्तान ६३ रनले पराजित 

तेस्रो टी–ट्वान्टीमा इंग्ल्याण्डको शानदार जित, पाकिस्तान ६३ रनले पराजित 

काठमाडौंः पाकिस्तानविरुद्धको सात खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले ६३ रनको शानदार जित निकालेको छ।

२२२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रनमा समेटिएपछि इंग्ल्याण्डले शानदार जित निकालेको हो।

पाकिस्तानलाई सस्तैमा समेट्न मार्क वुडले तीन, अदिल रसिदले दुई तथा साम करन र रिसी टोप्लेले समान एक–एक विकेट लिए।

सुरुवाती ब्याट्सम्यान चल्न नसक्दा पाकिस्तानका अन्य खेलाडीले पनि उत्कृष्ट ब्याटिङ गर्न सकेनन्। शान मसुदले अविजित ६६ रन बनाउन बाहेक अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गरेनन्।

खुसदिल शाह २९, मोहम्मद नवाज १९, मोहम्मद रिजवान र बाबर आजम समान ८–८, इफ्तियार अहमद ६, हरिस रौफ ४, हैदर अलि ३ रन बनाएर आउट हुँदा उस्मान कादिर पहिलो बलमै पेभेलियन फर्किए। मोहम्मद हसनैन ६ रनमा अविजित रहे।

त्यसअघि पाकिस्तानको नेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको इंग्ल्याण्डले निर्धारित ओभरमा तीन विकेट गुमाएर २२१ रन बनायो।

उसका लागि ह्यारी ब्रुक र बेन डुकेटले अविजित रहँदै क्रमशः ८१ र ७० रन बनाए। विल ज्याकले ४० बनाउँदा डविड मलान १४ र फिल साल्ट ८ रनमा आउट भए।

पाकिस्तानमा उस्मान कादिरले दुई तथा मोहम्मद हसिनले एक विकेट लिए।

जितसँगै सिरिजमा इंग्ल्याण्ड २–१ ले अगाडी छ। सिरिजको चौथो खेल आइतबार हुनेछ।

७ असोज, २०७९, २३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।