भारतले लियो चार विकेटको हारको बदला, अस्ट्रेलिया ६ विकेटले पराजित

भारतले लियो चार विकेटको हारको बदला, अस्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौंः अस्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा भारतले बदला लिएको छ।

पहिलो खेलमा ४ विकेटले पराजित भएको भारतले दोस्रो खेलमा ६ विकेटको जित निकाल्दै बदला लिएको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा ४ बल बाँकी छँदै पूरा गर्यो।

भारतका लागि रोहित शर्मा र दिनेश कार्तिकले अविजित रहँदै क्रमशः ४६ र १० रन बनाए। विराट कोहली ११, केएल राहुल १०, हार्दिक पाण्ड्याले ९ रन बनाउँदा सूर्यकुमार यादव पहिलो बलमा पेभेलियन फर्किए।

अस्ट्रेलियाका एडम जाम्पाले तीन तथा प्याट कुमिन्सले एक विकेट लिए।

त्यसअघि भारतको नागपुरस्थित भिदर्भ क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको अस्ट्रेलियाले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा ९० रनका बनायो।

अस्ट्रेलियाका लागि म्याथू वेडले नटआउट ४३ रन बनाउँदा एरोन फिन्च ३१ रन बनाएर आउट भए। स्टिभेट स्मिथ ८, क्यामेरोन ग्रिन ५, मि डेभिड २ रनले बनाउँदा ग्लेन म्याक्सवेल पहिलो बलमै आउट भए।

बलिङतर्फ भारतका अक्षर पटेलले दुई तथा जस्प्रित बुम्राहले एक विकेट लिए।

भारतको जितसँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ। यो नतिजाले आइतबार हुने तेस्रो तथा अन्तिम टी–ट्वान्टीलाई झन् रोचक बनाएको छ।

७ असोज, २०७९, २३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।