‘विदेशमा बस्नेहरू समेत कस्मेटिक सर्जरी गर्न नेपाल आउन थालेका छन्’

‘विदेशमा बस्नेहरू समेत कस्मेटिक सर्जरी गर्न नेपाल आउन थालेका छन्’

काठमाडौंः सरोकारवालाहरुले प्लाष्टिक तथा कस्मेटिक सर्जरीप्रति आकर्षण बढिरहेको बताएका छन्।

ग्राण्डी इन्टरनेशनल अस्पतालमा प्लास्टिक तथा कस्मेटिक सर्जरीसम्बन्धी सेवा सुरु भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै प्लाष्टिक तथा कस्मेटिक सर्जन डा. जसवन शाक्यले विदेशको तुलनामा यो सर्जरी नेपालमा सस्तो भएको बताए। उही गुणस्तरको सर्जरी नेपालमा सस्तो मूल्यमा हुने भएकाले विदेशमा बस्ने नेपालीहरू सर्जरीको लागि नपाल आउने गरेको उनले बताए।

ग्राण्डी अस्पतालको प्लाष्टिक तथा कस्मेटिक सर्जरी विभागले आँखाको मुद्रि बनाउने, नाकको आकार मिलाउने, स्तनको आकार बढाउने तथा घटाउने सर्जरी जस्ता सेवा दिइरहेको विभागको प्रमुखसमेत रहेका डा. शाक्यले बताए। 

त्यसैगरी शरीरको विभिन्न भागमा अनावश्यक रूपमा जमेर बसेको बोसो लाइपोशक्सन विधिले निकालिने सेवा पनि अस्पतालमा रहेको उनले जानकारी गराए।

कार्यक्रममा डा. शाक्यद्वारा लिखित प्लाष्टिक तथा कस्मेटिक सर्जरी सम्बन्धी हाते पुस्तिका अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्क्षेले विमोचन गरेका छन्।

७ असोज, २०७९, २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।