हङकङले साढे दुई वर्षपछि हटायो क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियम

हङकङले साढे दुई वर्षपछि हटायो क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियम
तस्बिर- गेट्टी इमेज

एजेन्सीः हङकङ सरकारले साढे दुई वर्षभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि क्वारेन्टाइन अन्त्य गर्ने घोषणा गरेको छ।

त्यहाँको सरकारले सेप्टेम्बर २६ देखि लागू हुनेगरी तीन दिन आफैँले सजगता अपनाउने भनेको छ। कमजोर अर्थतन्त्र, आप्रवासीहरूको बहिर्गमन र वित्तीय केन्द्रबाट टाढिने डरमा सरकारले प्रतिबन्धहरू खुकुलो पारेको हो।

हङकङका प्रमुख कार्यकारी जोन लीले शुक्रबार पत्रकार सम्मेलनमा शहरको संक्रमण संख्या स्थिर भएकाले क्वारेन्टाइन हटाउन अनुमति दिएको जानकारी दिए।

‘हामी हङकङलाई पुनःस्थापित गर्न र अर्थतन्त्रलाई पुनरुत्थान गर्न अधिकतम प्रयास गर्नेछौं’, लीले भने।

हङकङ प्रवेश गर्ने यात्रुहरूले आफ्नो तीन दिनको स्व–निगरानी घर वा आफ्नै मनपर्ने ठाउँमा गर्न बस्नुपर्नेछ। यस अवधिमा उनीहरू बाहिर जान सक्नेछन् तर केही ठाउँबाट प्रतिबन्ध लगाइएको छ।

देश प्रवेश गर्नेहरूले अब विमानमा चढ्नुअघि नेगेटिभ पीसीआर परीक्षण उपलब्ध गराउनु पर्दैन। यद्यपि, उनीहरूले बोर्डिङ गर्नुभन्दा २४ घन्टाअघि नेगेटिभ र्यापिड एन्टिजेन टेस्ट भने गरिनेछ।

तीन दिने अनुगमन अवधिमा, मानिसहरूलाई शहरको डिजिटल स्वास्थ्य कोड अन्तर्गत एम्बर कलर दिइनेछ, जसले बार वा रेस्टुरेन्टहरू जस्ता ठाउँहरूमा प्रवेश गर्नबाट रोक्नेछ।

उनीहरूले आइपुगेको २, ४ र ६ दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ, र आइपुगेको सात दिनसम्म प्रत्येक दिन एन्टीजेन परीक्षण गर्नुपर्छ।

७ असोज, २०७९, १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।