उकेरा न्युज

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते


दार्चुला: अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी रहेका छन्। उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए।

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौ जना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए।

तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्। घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोनाका ३५ विरामी थपिए

पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ४४९ नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस अवधिमा....

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेश गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता....

समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ताको लागि २९ जनाले दिए आवेदन

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन....

६८ वर्षमै प्रतिनिधि सभा निर्वाचन नलड्ने बाबुराम भट्टराईको घोषणा 

उनले लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ २०६४ र २०७० को संविधानसभा र....

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन र पूजा

उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर  पुगेकी थिइन्। राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको....