उकेरा कला

हैट ! कलाकार बुद्धिले त मागी बिहे पो गर्ने भएछन् 


काठमाडौँ : चर्चित हास्य कलाकार बुद्धि तामाङ शुक्रवार दुलाहा हुने भएका छन्। फिल्महरूमा बारम्बार दुलाहा भनेर अभिनय गरेका उनी वास्तविक जीवनमै शुक्रवार दुलाहा हुन लागेका हुन्।

उनले मकवानपुरकी अनु थिङ तामाङसँग कौसलटारको एक पार्टी प्यालेसमा विवाह गर्दैछन्। जानकारहरूको दाबी अनुसार यी दुवैको मागी विवाह हो। बुद्धिले तामाङ परम्परा अनुसार विवाह गर्न लागेका हुन्।

उनी तामाङ परम्परा अनुसार केही दिन अगाडि अनुको घर गएर सगुन पोङ दिइसकेका छन्। अनुको परिवारले बुद्धिको पोङ स्वीकार गर्दै विवाहको अनुमति दिइसकेका छन्।

हास्य टेलिसिरियल हुँदै अभिनय क्षेत्रमा प्रवेश गरेका उनी फिल्म, म्युजिक भिडियो र नाटकहरूमा समेत अभिनय गर्ने गरेका छन्। उनले अभिनय रहेको फिल्महरू हिट लिस्टमा समेत छन्। उनी हैट थेगोका कारण चर्चित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तारा अधिकारीको ‘देऊ न माया नम्बर’ सार्वजनिक

किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ। कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो....

आलियाको प्रेग्नेन्सी फोटो सुट टाइम म्यागेजिनमा

सार्वजनिक कार्यक्रममा कमै देखिने उनी रणवीरसँग देखिँदा इन्डियन फोटो पत्रकारहरू उनको बेबी बम्पसहितको तस्बिर खिच्न झुम्मिने गरे पनि उनले सकेसम्म बढेको पेट छोपिने गरी लुज....

फुलपातीको दिन कमल र मेलिनाको विवाह

दशैंको फुलपातीको दिन पारेर उनले गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन्। गायक खत्रीले आफूहरूले पारिवारिक सदस्यहरूको मात्र उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको भन्दै विवाहमा लाग्ने....

अविवाहित गायक राजेश पायल बाबु बनेका हुन् ?

उनी प्रेममा रहेको भनेर केही समय अगाडिदेखि नाम जोडिएको युवती साङबुङ राईकै टिकटक आइडीबाटै तस्बिर र भिडियो सार्वजनिक भएको हो। हालसालै तस्बिर र भिडियो सार्वजनिक....

अभिनेत्री बेनिशासँगको सम्बन्ध स्विकार्दै विशालले भने' बेस्ट बेस्ट फ्रेन्ड'

भण्डारीले निर्देशन गरेको फिल्म चलोस् या नचलोस् वा बेनिशा हमालले अभिनय गर्ने फिल्म चलोस् या नचलोस् यी दुईको सम्बन्धबारे चर्चा भने अहिले नि उस्तै गतिमा....