वैकल्पिक शक्ति निर्माण गर्छु भन्ने पुनर्जागरण पार्टीका महामन्त्री एमाले प्रवेश

काठमाडौंः पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमाल एमाले प्रवेश गरेका छन्।
बिहीबार एमाले मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महामन्त्री किरणलाई स्वागत गरेका हुन्।
नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न किरणले पछिल्ला ७ वर्ष बिताए पनि चुनाव नजिकिँदै गर्दा एमाले प्रवेश गरेका हुन्।
पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र विवेकशील साझा पार्टीका संस्थापक नेता अब्दुस मिया सङै महामन्त्री किरणले पार्टी प्रवेश गरेका हुन्।
‘तेस्रो ध्रुव बनाउन थुप्रै प्रयास गरियो, झन्झन् नेपाली राजनीति दुई ध्रुवमा केन्द्रीकृत भइरहेको महसुस हुन थाल्यो,’ उनले भने, ‘एउटा ध्रुव समातेर अगाडि जाने विकल्पमा रोजाइमा एमाले पर्यो।’
६ असोज, २०७९, १९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।