कुटेर श्रीमतीको हत्या, छोरी गम्भीर घाइते

कुटेर श्रीमतीको हत्या, छोरी गम्भीर घाइते

कैलालीः आफ्नै श्रीमतीको कुटेर हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

३३ वर्षीया ललीता नाम्जाली मगरको कुटपिट गरी हत्या गरेको अभियोमगा गौरीगंगा नगरपालिका–५ अण्डैया बस्ने ३६ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई प्रहरीले बिहीबार विहान पक्राउ गरेको हो।

शेरबहादुरको कुटपिटबाट ललीताको मृत्यु भएको, १७ वर्षीया छोरी गम्भीर घाइते र १२ वर्षीय छोरा सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

शेरबहादुरलाई अण्डैया गाउँबाट भागरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो। गम्भीर घाइते छोरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

६ असोज, २०७९, १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।