सानिमा बैंकले सञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन

सानिमा बैंकले सञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन

काठमाडौंः सानिमा बैंकले ग्राहकको सुविधाको लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको मेसिनबाट ग्राहकले आफैँले नै खातामा रकम जम्मा गर्न सक्नेछन्। यो सुविधाले काउन्टरमा लाइन बस्ने झन्झट नहुने बैंकको विश्वास छ।

हाल उक्त मेसिनबाट ग्राहकले ५ सय र १ हजार रूपैयाँका १ लाखभन्दा कम रकम जम्मा गर्न सक्नेछन्। रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्।

हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ।

बैंकको देशभर १२७ कार्यालयहरू र १२० वटा एटिएम संजालहरू सञ्चालनमा छन्।

६ असोज, २०७९, १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।