उकेरा अर्थ

ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे


काठमाडौंः ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैयाँभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको तथ्याङ्क उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने कुरामा आइएमई पेका बस्नेत प्रमुखले उल्लेख गर्नुभयो ।

उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रूपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सानिमा बैंक अब ठिमी र कपनमा पनि, मह जोडीद्वारा उद्घाटन

कार्यक्रममा मह जोडीले शाखा विस्तार गरेमो बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन सफलताको कामना गरे। त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत....

स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच बसम्झौता

सम्झौता पत्रमा एसटीसीका तर्फबाट तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। सम्झौताले....

एनसेलको दशैं अफर : ५९९ रूपैयाँमा ६० जीबी डेटा

प्याकमा भएको ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर जहाँ पनि चलाउन सक्छन्। यो....

शुक्रबार बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको....

अष्ट्रेलियन कम्पनीबाट लिजमा ल्याएको यतीको नयाँ विमानले आज काठमाडौं-विराटनगर पहिलो उडान गर्‍यो

एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाका अनुसार सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ। सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो। एमएसएन नं....