बारामा बढे डेङ्गु  सङ्क्रमित, ४४ जनामा पुष्टि

बारामा बढे डेङ्गु  सङ्क्रमित, ४४ जनामा पुष्टि

बारा: जिल्लामा डेङ्गुको प्रकोप बढ्दै गएको छ। हालसम्म ४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

डेङ्गुका बिरामी बढ्न थालेसँगै सर्वसधारणमा त्रास छाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवका अनुसार गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन्।

तीमध्ये धेरै उपचार गराएर निको भई घर फर्केका छन्। कतिपय प्रदेशिक अस्पताल कलैयामा उपचार गराइरहेको निमित्त प्रमुख यादवले बताए।

डेङ्गु रोग परीक्षण गर्ने कीटको अभावमा अझै रोग पत्ता लगाउन नसकेको हुँदा कीटको आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी दिएको निमित्त जनस्वास्थ्य प्रमुख यादवले जानकारी गराए।

बारामा डेङ्गुबाट अहिलेसम्म मृत्यु भने भएको छैन। डेङ्गु रोग प्राणघातक रोग भएको हुँदा घर वरपर सरसफाइ राख्न, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिनेलगायतका स्वधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिए। 

६ असोज, २०७९, ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।