उकेरा खेल

आफ्नै भूमिमा हारे भारत र पाकिस्तान


काठमाडौं: गए राति सम्पन्न दुई टी ट्वेन्टी खेलमा दुवै घरेलु टोली पराजित भएका छन्। भारत र अष्ट्रेलियाबीचको 'हाई स्कोरिङ' खेलमा अष्ट्रेलियाले ४ विकेटले जित हात पार्‍यो भने पाकिस्तान र इङ्ग्ल्याण्डबीचको खेलमा इङ्ग्ल्याण्डले ६ विकेटको जित हात पार्‍यो।

भारत र अष्ट्रेलियाबीचको खेल पञ्जाब क्रिकेट एसोशिएशनको मैदानमा खेलिएको थियो। जहाँ पहिला टस जितेर अष्ट्रेलियाले बलिङ गर्ने निर्णय गरेको थियो।

ब्याटिङमा उत्रिएको भारतीय टोलीले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनायो। भारतका लागि हार्दिक पाण्ड्याले ३० बलमा ७१ रनको विस्फोटक पारी खेले। केएल राहुलले ५५ रन बनाए। सूर्यकुमार यादवले ४६ रन बनाए। अन्य ब्याट्सम्यान चलेनन्।

केही दिनअघि सम्पन्न एसिया कपमा शतक हानेर फर्ममा फिर्ता भएका विराट कोहली फेरि असफल सिद्ध भए। उनले ७ बलमा केवल २ रन बनाए।

बलिङतर्फ अष्ट्रेलियाको लागि नेथन एलिसले ३ विकेट लिए। जोस हेजलवुडले २ विकेट लिए। यस्तै क्यामरुन ग्रीनले १ विकेट आफ्नो नाम बनाए।

भारतले दिएको २०९ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको अष्ट्रेलियाली टोलीका कप्तान आरोन फिन्चले २२ रन बनाए। क्यामरुन ग्रीनले ३० बलमा ६१ रनको पारी खेले। म्याथ्यु वेडले ४५ र स्टिभ स्मिथले ३५ रन बनाए।

बलिङमा भारतका अक्सर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए पनि अष्ट्रेलियाले खेल जित्यो।

यता १७ वर्षपछि पाकिस्तानमा खेलेको इङ्ग्लिस टोलीले पाकिस्तानविरुद्ध ७ खेलको श्रृङ्खलामा १-० को अग्रता बनाएको छ। टस जितेर पहिला बलिङ रोजेको इङ्ग्ल्याण्डले उच्च रन बन्न सक्ने पिचमा पनि पाकिस्तानलाई १५८ मै समेटिदियो। सो लक्ष्य इङ्ग्ल्याण्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

पाकिस्तानका मोहम्मद रिजवानले ४६ बलमा ६८ रनको दमदार पारी खेले। यस्तै कप्तान बाबर आजमले ३१ रन बनाए। इफ्तिकार अहमदले २८ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेखनीय स्कोर बनाएनन्।

इङ्ग्ल्याण्डका बलरले लुक वुडले ३, अदिल रशिदले २ र मोइन अलीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्लिस टोलीले सो लक्ष्य पूरा गर्ने क्रममा एलेक्स हेल्सले ५३ रनको अर्धशतकीय पारी खेले। ह्यारी ब्रुक्सले अविजित ४२ रन बनाए। यस्तै बेन डकेटले २१ रन बनाए।

बलिङतर्फ पाकिस्तानका उस्मान कादिरले २ तथा हारिफ राउफले १ विकेट लिए। यस्तै शहनवाज दहानीले १ विकेट लिए। तर पाकिस्तानले म्याच गुमायो।

यी टोलीबीचको दोस्रो खेल भोलि बिहीबार राति ८:१५ बाट सुरु हुनेछ भने भारत र अष्ट्रेलियाबीचको दोस्रो खेल शुक्रबार साँझ ७:१५ बाट सुरु हुनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानको घरेलु मैदानमा इङ्ग्ल्याण्डले गर्‍यो श्रृङ्खला कब्जा

गए रातिको खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय पाकिस्तानले गरेको थियो। ब्याटिङमा उत्रिएको इङ्ग्लिस टोलीले २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनायो। जवाफी....

रङ्गशालामा दङ्गा: खेल हार्ने टिमको समर्थक उग्र हुँदा १२७ जनाको मृत्यु, कयौँ घाइते

खेल अरेमा एफसीको घरेलु मैदानमा भइरहेको थियो। तर घरेलु मैदानमै खेल ३-२ ले हार्न पुग्यो अरेमा। पराजित टिमका समर्थक उग्र भए। त्यसपछि दुवै टोलीका समर्थक भिड्न....

‘साइकल प्लाङ्क ब्यालेन्स’ को उपाधि सुशान्त थापालाई, पाए ५० हजार नगद पुरस्कार

पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो। एक सय ५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद....

सन्दीप लामिछाने असोज २० गते नेपाल आउने, भन्छन्– ‘निश्पक्ष सुनुवाइ र निर्णय हुनेमा आशावादी छु’

आफू निर्दोष भएको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको भन्दै लामिछानेले अदालत, अनुसन्धान निकायहरूबाट निश्पक्ष सुनुवाई र निर्णय हुनेमा आशावादी रहेको बताएका छन्। साथै....

पाकिस्तान–इंग्ल्याण्ड टी–ट्वान्टी सिरिज रोमाञ्चक मोडमा, अन्तिम टुंगो आइतबार लाग्ने

लाहोरमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पहिलो ब्याटिङ गर्दे ६ विकेट गुमाएर १६९ रन बनायो। जवाफमा इंग्ल्याण्डले उक्त लक्ष्य १४.३ ओभरमा नै २ विकेट....