नेपाल बाहिर

म्यानमारकाे विद्यालयमा सेनाकाे गोली, सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु


एजेन्सी: म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।

सेनालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले उक्त भवन विद्रोहीहरूले प्रयोग गरिरहेको जनाएकाे थियो। घटना शुक्रबार मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको हाे।

गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाएको बताइएको छ। टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो।

सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्याएर गाडेको समाचारमा उल्लेख छ। सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो। म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी आक्रमणको निशाना बनाएको छ।

ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाचारी गिरफ्तारी, र नागरिकहरूमाथि अन्धाधुन्ध आक्रमणहरू लगायतका घटना जन्टाका मानवता विरुद्धका अपराध हुन्।

फेब्रुअरीमा भएको विद्रोह पछि, सुरक्षा बलहरूले कम्तीमा १, ६००० मानिसहरूलाई मारेका छन् भने १२, ००० भन्दा बढीलाई हिरासतमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गर्दै श्रीलङ्का सरकार

उनले भने, ‘यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ। यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई....

तालिबानले अफगानिस्तानमा पाकिस्तानी मुद्रा प्रयोगमा प्रतिबन्ध लगायो 

अफगान समाचार संस्था खामा प्रेसका तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रूपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको हो। यो आदेश तालिबानको सम्पत्ति....

इन्डोनेसियाको रंगशालामा भएको दङ्गामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो। इन्डोनेसियाको पूर्वी....

अमेरिकामा इयान आँधीबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुनसक्छ’ भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन्।....

विवाहको दुई महिनाअघि बेहुला पक्षले माग्यो दाइजो, बेहुलीले गरिन् आत्महत्या

जानकारीका अनुसार नरैनी कोलवालीको पनगरा गाउँकी युवतीको विवाह डिसेम्बरमा मध्यप्रदेशमा हुनेवाला थियो। युवतीले पिताले केटा पक्षका कारण छोरीले विष सेवन गरेको आरोप लगाएका छन्। घटनाको....