डा. केसीको टोली र सरकारबीचको वार्ता सकियो, सहमति हुनसक्ने बुँदाहरूमा छलफल

डा. केसीको टोली र सरकारबीचको वार्ता सकियो, सहमति हुनसक्ने बुँदाहरूमा छलफल

काठमाडौंः अनसनरत डा. गोविन्द केसी र सरकारी टोलीबीचको वार्ता सकिएको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा वार्तामा दुवै पक्षको सहमति हुनसक्ने सम्भावित बुँदाहरूबारे छलफल भएको डा. केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जानकारी दिए।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी छन् भने नेपाल मेडिकल एशोसियसनको तर्फबाट डा. अनिलविक्रम कार्की सहभागी थिए।

यस्तै, डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, अधिवक्ता ओमप्रकाश अर्याल, डा. विष्णु पोखरेल र प्रितम सुवेदी सहभागी थिए।

डा. केसी विगत नौ दिनदेखि धनगढीमा अनसनरत छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

४ असोज, २०७९, १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।