‘याक एण्ड यती’को संरचना भत्काउन गएको महानगरको टोली अल्टिमेटम दिएर फर्कियो

‘याक एण्ड यती’को संरचना भत्काउन गएको महानगरको टोली अल्टिमेटम दिएर फर्कियो

काठमाडौंः दरबारमार्गस्थित याक एण्ड यती होटलले निर्माण गरेको अवैध संरचना हटाउन गएको काठमाडौं महानगरको टोली अल्टिमेटम दिएर फर्किएकाे छ।

होटल सञ्चालकले आफैँले हटाउने भनेर समय मागेपछि महानगरको टोलीले अल्टिमेटम दिएर फर्किएको हो।

‘हामी भत्काउने भनेर गएका थियौं,’ नगरप्रहरी बलका एसपी दिनेश अर्यालले भने, ‘उहाँहरूले आफैँ भत्काउने भनेपछि समय दिएर फर्किएका छौं, हामी पुनः त्यस ठाउँको निरीक्षण गर्नेछौं।’

होटलले फुटपाथ मिचेर कफी सपलगायतका संरचना बनाएको थियो। महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान अहिले पनि जारी नै छ।

४ असोज, २०७९, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।