उकेरा प्रदेश

रुपन्देहीका तिलोत्तमा नगरपालिका बाहेकका जनप्रतिनिधिलाई निर्वाचन आयोगको जरिवाना


बुटवलः रुपन्देहीका १६ मध्ये १५ पालिकाका जनप्रतिनिधिले जरिवाना तिर्नुपर्ने भएको छ।

निर्वाचन आयोगमा चुनावी खर्च विवरण समयमा नबुझाएपछि तिलोत्तमा नगरपालिका बाहेक अन्य सबै पालिकाका जनप्रतिनिधिले जरिवाना तिर्नुपर्न भएको हो।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण भने जरिवाना तिर्नबाट बचेका छन्। निर्वाचन आयोगले समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाएको भन्दै अन्य १५ पालिकाका प्रमुखलाई जरिवाना तोकेको हो।

बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयलाई ५ लाख ५० हजार जरिवाना निर्वाचन आयोगले गरेका छन्।

त्यस्तै सैनामैना नगरपालिका मेयर फणेन्द्र शर्मा, सिद्धार्थनगर नगरपालिका इश्तियाक अहमद खाँ, देवदह नगरपालिका मेयर धुव्र प्रसाल खरेल, लुम्बिनी सांस्कृतिक नगरपालिका सजरुद्दिन मुसलमानलाई ४ लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ।

यस्तै ओमसतिया गाउँपालिका, कंचन गाउँपालिका, कोटहीमाई गाउँपलिका, गैहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिकाका अध्यक्षलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

रुपन्देहीका ५ नगरपालिकामध्ये तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले मात्रै समयसीमा भित्र निर्वाचन खर्च विवरण बुझाएका थिए।

खाँणका निकट प्रतिस्पर्धी मोहन चापागाईंलाई पनि आयोगले समयमै निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।

अयोगका अुनसार उनीहरूले आफू निर्वाचित भएको ६ महिनाभित्र जरिवानासहितको रकम तिनुपर्नेछ। सो समेयमा पनि अटेर गरे उनीहरूको पद नै जानेछ।

निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय गरेको हो।

निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अुनसार ८ हजार ६६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

श्रमिकका सकस, भन्छन्– ‘उपचार गरेको ऋण तिर्न सकेको छैन, कसरी दशैं मनाउनु ?’

‘अस्पतालमा भर्ना हुदा लागेको ऋण तिरेकै छैन, फेरि दशैं आइसक्यो,’ उनले भने, ‘आउजाउको भाडा र दशैंखर्च नभएकाले घर जान सकिएन। गाडी भाडा, लत्ताकपडा, मासु किन्ने....

वैदेशिक ऋणले पालिँदै प्रदेश सरकार, आन्तरिक आम्दानीले कर्मचारीको तलब पनि पुग्दैन

अहिले प्रदेश सरकारले गर्ने आन्तरिक स्रोत तर्फको आम्दानी हेर्ने हो भने त्यो आम्दानीले त्यहाँका कर्मचारीलाई तलबभत्ता दिनै नपुग्ने स्थिति छ। लुम्बिनी प्रदेशमा सरकारको आम्दानीले तलबभत्ता....

दुई वर्षकाे आम्दानी फर्काउँदै पाेखराका डुंगा व्यवसायी, दैनिक चार हजारसम्म कमाउँछन् चालक

राम्रै आम्दानी गरिरहेका उनलाई तब संकट आइलाग्यो जब कोरोना भाइरस संक्रमण छपक्क छोप्यो। पेशा व्यवसाय ठप्प बन्यो। डुंगा चलाएर दैनिक घरखर्चको जोहो गर्दै आएका मगरले....

बडादशैंकाे चहलपहल : गाउँ भरिँदै, शहर रित्तिँदै

मजदुरी, रोजगारी र अध्ययनका लागि बाहिर गएकाहरू घर फर्किएका छन्। गाउँ फर्कने क्रम बढेसँगै सुनसान ग्रामीण बस्तीमा खुसीयाली छाएको छ। फुलपातीसम्म पुग्न नभ्याउनेहरू टीकाको दिनसम्म भए....

लुम्बिनीका बेइमान सांसदहरू: जसले जनादेश लत्याउँदै स्वार्थलाई महत्त्व दिँदा कार्यकाल पूरा गर्न पाएनन्

नियतिले कार्यकाल पूरा गर्न नपाउनेमा नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोखरेल र एमाले सांसद उत्तरकुमार वली हुन्। उनीहरू दुवैको मृत्यु भयो। पोखरेलको स्थानमा दाङका शंकर गिरी....