नेपाल बाहिर

 पाकिस्तानमा बाढीमा परी थप १५ जनाको मृत्यु, हालसम्म साढे १२ हजारभन्दा बढी घाइते


एजेन्सी: पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी सिन्ध प्रान्तमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। बाढीमा ज्यान गुमाउनेमध्येमा एक शिशु र तीन जना महिला छन्। 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा हालसम्म एक हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ। बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन्।

बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा नौ लाख ७३ हजार ६३२ चौपाया मरेका छन्। बाढीले १२ हजार ७१६ किलोमिटर सडक र ३७४ वटा पुलमा क्षति भएको छ।

बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गर्दै श्रीलङ्का सरकार

उनले भने, ‘यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ। यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई....

तालिबानले अफगानिस्तानमा पाकिस्तानी मुद्रा प्रयोगमा प्रतिबन्ध लगायो 

अफगान समाचार संस्था खामा प्रेसका तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रूपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको हो। यो आदेश तालिबानको सम्पत्ति....

इन्डोनेसियाको रंगशालामा भएको दङ्गामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो। इन्डोनेसियाको पूर्वी....

अमेरिकामा इयान आँधीबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुनसक्छ’ भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन्।....

विवाहको दुई महिनाअघि बेहुला पक्षले माग्यो दाइजो, बेहुलीले गरिन् आत्महत्या

जानकारीका अनुसार नरैनी कोलवालीको पनगरा गाउँकी युवतीको विवाह डिसेम्बरमा मध्यप्रदेशमा हुनेवाला थियो। युवतीले पिताले केटा पक्षका कारण छोरीले विष सेवन गरेको आरोप लगाएका छन्। घटनाको....