चितवनमा फेरि डेङ्गुबाट थप एक २७ वर्षीय युवाको मृत्यु

चितवनमा फेरि डेङ्गुबाट थप एक २७ वर्षीय युवाको मृत्यु

चितवन: पूर्वी चितवनको रत्ननगरमा डेङ्गुबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर– १ का २७ वर्षीय पुरुष रहेका छन्।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा. आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो। अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनलाई ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो।

जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ। दुई हजार ८७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो।

जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र १०६ जिल्ला बाहिरका छन्। 

४ असोज, २०७९, १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।