उकेरा प्रदेश

सुर्खेत कांग्रेसमा 'टिकट संघर्ष': संघतर्फ खड्का र थानी 'फिक्स', प्रदेशतर्फ दुई गुट आ-आफ्नै हठमा


सुर्खेत: सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा यतिबेला आगामी निर्वाचनको टिकटको लागि संघर्ष चलिरहेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि टिकटकै विषयमा कांग्रेसभित्रकै संस्थापन र संस्थापनइतर समूहबीच तीव्र मतान्तर देखिन थालेको छ। 

कांग्रेसले संघतर्फ सुर्खेत क्षेत्र नम्बर १ र २ पाउने भएको छ। प्रदेशतर्फ दुवै क्षेत्रको 'क' र 'ख' मा गठबन्धन दलहरूबीच बाँडफाँट टुङ्गो लागेको छैन।

गठबन्धनभित्रकै अर्को दल माओवादीले प्रदेशतर्फ सुर्खेतको क्षेत्र नम्बर १ र २ को (ख) मागेको छ। यसो हुँदा क्षेत्र नम्बर १ र २ को (क) कांग्रेसको भागमा पर्ने देखिन्छ।

समाजवादीले भने सुर्खेतमा दावी गरिरहेको २ को (ख) नपाउने निश्चित भएको छ।

संघको दुई वटा क्षेत्रमध्ये १ मा कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र २ मा कांग्रेसकै पूर्व केन्द्रीय सदस्य हृदयराम थानीको टिकट बुक भइसकेको छ। 

खड्का संस्थापन पक्ष र थानी इतर पक्षका नेता हुन्।

बाँकी दुवै प्रदेश निर्वाचन क्षेत्रको (क) का लागि कांग्रेसभित्रकै दुई वटा गुटहरूले आ–आफूले पाउने दावी गरिरहेका छन्।

क्षेत्र नम्बर १ को (क) मा नेपाली कांग्रेस जिल्ला सभापति खड्क पोखरेलले दावी गरिरहेका छन्। तर अघिल्लो पटकको निर्वाचनमा देशभरिमै सबैभन्दा कम मतान्तरले पराजित भएका टेकबहादुर सिंहले आफूले टिकट पाउनुपर्छ भन्दै लबिङ थालेका छन्।

सिंहले टिकट नपाएको खण्डमा त्यसले प्रदेश र संघलाई समेत असर गर्न सक्ने आकलन कांग्रेस नेताहरूले गरेका छन्।

२०७४ सालको निर्वाचनमा पराजित रेग्मी आफू ‘घाइते’ भएको भन्दै टिकट आफूले पाउनुपर्ने दावी गर्दै आइरहेका छन्। सुवेदीले आफूले नगरमा राम्रो काम गरेकोले अवसर पाउनुपर्ने दावी गर्दै आइरहेका छन्।

क्षेत्र नम्बर २ (क) मा भने नौ जनाको सिफारिस भए पनि दुई जनाबीच टिकट कसले ल्याउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ।

कांग्रेसका निवर्तमान जिल्ला सभापति कमलराज रेग्मी संस्थापनइतर समूहका नेता हुन्। उनी प्रदेश सभा चुनाव लडन तयारी अवस्थामा छन्।

त्यस्तै निवर्तमान नगरप्रमुख एवंम् कांग्रेस जिल्ला कार्यसमिति सचिव देवकुमार सुवेदी पनि प्रदेश सभा चुनाव लड्ने दौडमा संस्थापन समूहबाट सबैभन्दा अघि छन्।

सुवेदीको टिममा अन्य सात जनाको दावी छ भने रेग्मीको टिमबाट उनी एक्ला उम्मेदवार हुन्।

२०७४ सालको निर्वाचनमा पराजित रेग्मी आफू ‘घाइते’ भएको भन्दै टिकट आफूले पाउनुपर्ने दावी गर्दै आइरहेका छन्। सुवेदीले आफूले नगरमा राम्रो काम गरेकोले अवसर पाउनुपर्ने दावी गर्दै आइरहेका छन्।

सुवेदीलाई राजनीतिक धारमा रूपान्तरण गर्न कमलराज रेग्मीको ठूलो हात रहेको कांग्रेस वृत्तमा चर्चा छ।

१४औं महाधिवेशनअघि सुवेदी र रेग्मी एउटै समूहमा थिए। महाधिवेशनभन्दा केही महिनाअघि मात्रै सुवेदी संस्थापन समूहमा लागेका हुन्। त्यसअघि यी दुवैबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताइन्छ।

सुवेदी विद्यार्थी राजनीति गर्ने समयमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने उत्तरगंगा गाविसमा बस्थे। सुरुमा खड्का समूहमा नै थिए। 

उनी उक्त समूहमा रहेपछि त्यस निर्वाचन क्षेत्रमा स्वर्गीय तप्तबहादुर विष्ट, टोपबहादुर रावतलगायतसँग उनको प्रतिस्पर्धा हुने गर्थ्यो। उनलाई सो समूहले आफ्नो टिममा जहिल्यै ‘कर्नर’ मा पार्ने काम गर्ने गरेका थिए।

कांग्रेसका एक नेताका अनुसार कमलराज रेग्मीले नै सुवेदीलाई राजनीतिमा स्थापित गराएका हुन्।

उनले सुवेदीलाई विद्यार्थी राजनीतिमा स्थापित गराएर पार्टीको नगर सभापति हुँदै वीरेन्द्रनगरको मेयर समेत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

रेग्मीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नगरप्रमुख पदमा आफ्नै टिममा घमासान परे पनि सुवेदीलाई नै उम्मेदवार रोजेका थिए। जोश जाँगर भएको प्रखर युवा सुवेदीले सहजै जित निकाल्नेमा रेग्मी आशावादी थिए। रेग्मी सुवेदीको चुनावी कमाण्डर बनेर विजेता बनाउन पनि कस्सिएका थिए।

वर्तमान सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, पार्टीका कर्णाली प्रदेश सहमहामन्त्री एवं पञ्चपुरी नगरपालिकाका पूर्व मेयर उपेन्द्र थापा र कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतबीच टिकटका लागि हानाथाप परेको छ। यी तीनै जनाले एकअर्कालाई नस्वीकार्दा पश्चिम सुर्खेतमा कांग्रेसले आफ्नो विरासत गुमाउने खतरा बढेको कांग्रेसका एक जिल्ला कमिटी सदस्यले बताए।

तर, अहिले भने उनै सुवेदी रेग्मीबीच कडा प्रतिस्पर्धा देखिएको छ। उनी संस्थापन समूहमा लागेपछि दुवै नेताहरूको सम्बन्ध समेत चिसिन थालेको छ।

एकै व्यक्तिले बारम्बार अवसर लिइरहनु पार्टीका लागि घातक भएकोले रेग्मीले टिकट पाउनुपर्ने माग संस्थापनइतर समूहको छ।

१६ वडामा चुनाव लड्दा सुवेदीले १४ हजार ४०५ मत ल्याएका थिए भने १४ वडाबाट रेग्मीले १५ हजार ९४७ मत ल्याएका थिए। यसरी मतको हिसाब निकाल्दा र एमालेका यामलाल कँडेललाई पराजित गर्न रेग्मी नै सबैभन्दा बलियो उम्मेदवार देखिएको इतर समूहको दावी छ।

फेरि, निर्वाचन क्षेत्र नम्बर २ मा हृदयराम थानीले टिकट पाउने निश्चित जस्तै भइसकेको अवस्थामा प्रदेशमा पनि संस्थापनइतर समूहबाटै टिकट पाउनुपर्ने र त्यस्तो हुँदा सुर्खेतमा एमालेलाई ‘क्लिन स्वीप’ गर्न सकिने निष्कर्ष इतर समूहको छ।

उता क्षेत्र नम्बर २ को प्रदेश (ख) पनि माओवादीलाई भाग दिएको खण्डमा कांग्रेस संगठन नै ध्वस्त हुने भन्दै नेता कार्यकर्ताहरू अहिले लबिङ गरिरहेका छन्। (ख) मा पनि कांग्रेसभित्रकै संस्थापन समूहका तीन नेताहरूबीच टिकटका लागि हानथाप परिरहेको छ।

वर्तमान सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, पार्टीका कर्णाली प्रदेश सहमहामन्त्री एवं पञ्चपुरी नगरपालिकाका पूर्व मेयर उपेन्द्र थापा र कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतबीच टिकटका लागि हानाथाप परेको छ। यी तीनै जनाले एकअर्कालाई नस्वीकार्दा पश्चिम सुर्खेतमा कांग्रेसले आफ्नो विरासत गुमाउने खतरा बढेको कांग्रेसका एक जिल्ला कमिटी सदस्यले बताए।

‘अहिले पश्चिम सुर्खेतमा पनि कांग्रेसमा ठूलै लफडा छ। एक नेताले अर्को नेतालाई स्वीकार्ने अवस्था छैन,’ ती नेताले भने, ‘यदि एक जनाको नाम मात्र हामीले सिफारिस गरेको भए केन्द्रमा हामीलाई लबिङ गर्न सहज हुन्थ्यो। तीन जनाले एक अर्कालाई स्वीकारेकै छैनन्। यो क्षेत्र हामीले नपाउने जस्तै भएको छ। जसले गर्दा फेरि हामी पाँच वर्ष पछाडि पर्नेछौँ।’ 

अहिले टिकटका लागि उम्मेदवारहरू काठमाडौं केन्द्रित भई केन्द्रीय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

श्रमिकका सकस, भन्छन्– ‘उपचार गरेको ऋण तिर्न सकेको छैन, कसरी दशैं मनाउनु ?’

‘अस्पतालमा भर्ना हुदा लागेको ऋण तिरेकै छैन, फेरि दशैं आइसक्यो,’ उनले भने, ‘आउजाउको भाडा र दशैंखर्च नभएकाले घर जान सकिएन। गाडी भाडा, लत्ताकपडा, मासु किन्ने....

वैदेशिक ऋणले पालिँदै प्रदेश सरकार, आन्तरिक आम्दानीले कर्मचारीको तलब पनि पुग्दैन

अहिले प्रदेश सरकारले गर्ने आन्तरिक स्रोत तर्फको आम्दानी हेर्ने हो भने त्यो आम्दानीले त्यहाँका कर्मचारीलाई तलबभत्ता दिनै नपुग्ने स्थिति छ। लुम्बिनी प्रदेशमा सरकारको आम्दानीले तलबभत्ता....

दुई वर्षकाे आम्दानी फर्काउँदै पाेखराका डुंगा व्यवसायी, दैनिक चार हजारसम्म कमाउँछन् चालक

राम्रै आम्दानी गरिरहेका उनलाई तब संकट आइलाग्यो जब कोरोना भाइरस संक्रमण छपक्क छोप्यो। पेशा व्यवसाय ठप्प बन्यो। डुंगा चलाएर दैनिक घरखर्चको जोहो गर्दै आएका मगरले....

बडादशैंकाे चहलपहल : गाउँ भरिँदै, शहर रित्तिँदै

मजदुरी, रोजगारी र अध्ययनका लागि बाहिर गएकाहरू घर फर्किएका छन्। गाउँ फर्कने क्रम बढेसँगै सुनसान ग्रामीण बस्तीमा खुसीयाली छाएको छ। फुलपातीसम्म पुग्न नभ्याउनेहरू टीकाको दिनसम्म भए....

लुम्बिनीका बेइमान सांसदहरू: जसले जनादेश लत्याउँदै स्वार्थलाई महत्त्व दिँदा कार्यकाल पूरा गर्न पाएनन्

नियतिले कार्यकाल पूरा गर्न नपाउनेमा नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोखरेल र एमाले सांसद उत्तरकुमार वली हुन्। उनीहरू दुवैको मृत्यु भयो। पोखरेलको स्थानमा दाङका शंकर गिरी....