८७ वर्षीया वृद्धाले ८९ वर्षीय श्रीमान्‌को यौन लतबाट बच्न खोज्दा...

८७ वर्षीया वृद्धाले ८९ वर्षीय श्रीमान्‌को यौन लतबाट बच्न खोज्दा...
साङ्केतिक तस्बिर

एजेन्सी: घटना भारतको गुजरातस्थित बरोडा शहरको हो। महिलाहरूका गुनासो सुन्न गुजरात सरकारले सुरु गरेको ‘१८१ अभियान’ हटलाइनमा गत बिहीबार एउटा गुनासो आयो। अधिकांश किशोरी तथा अधवैंशे महिलाहरूले गुनासो गरिरहँदा जब ८७ वर्षीया वृद्धाले गुनासो सुनाइन्, सबै चकित भए।

ती वृद्धाको गुनासो थियो आफ्नो श्रीमान्‌प्रति। उनका श्रीमान् ८९ वर्षका रहेछन्। तर अत्यधिक यौन सम्पर्क गर्नुपर्ने (हाइपरसेक्सुअल) प्रकृतिका। श्रीमान्‌को त्यस्तो व्यवहारबाट उनी आजित भएकी रहिछिन्।

‘८९ वर्षीय वृद्धले आफ्नी पत्नीसँग बारम्बार यौनसम्पर्कको लागि माग गर्दा रहेछन्’, गुनासो सुन्ने अधिकारीले भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियासँग भने, ‘८७ वर्षीया उनकी पत्नी बुढ्यौलीसँगै बिरामी थिइन्, जसले आफ्ना पतिको यौन इच्छा पूरा गर्न सक्दिनथिन्। अनि बृद्धाले नाइनास्ती गर्दा पनि उनका पतिले भने जबरजस्ती गर्दा रहेछन्। पतिको सो चाहनाबाट आजित ति वृद्धाले फोनमार्फत गुनासो राखेपछि हामी चकित भयौँ।’

केही वर्षअघिसम्म पनि ती दम्पतीको यौनसम्बन्ध राम्रै चलिरहेको थियो। तर जब ८७ वर्षीया वृद्धा गत वर्षदेखि बिरामीले थला परिन्, त्यसयता उनी बाहिरभित्र हिँडडुल पनि गर्न सक्दिनन्। आफ्ना छोरा बुहारीको सहारामा उनी बाहिरभित्र गर्छिन्।

श्रीमतीको यस्तो अवस्थाबारे जानकार हुँदाहुँदै पनि ती श्रीमान्‌ले भने शारीरिक सम्बन्धको लागि पिछा छोडेनन्।

‘जब ती वृद्धाले श्रीमान्‌लाई रोक्न खोज्थिन, उल्टै उनीमाथि चिच्याउने, कुटपिट गर्ने गर्दा रहेछन्’, अभियानका कर्मचारीले भने, ‘उनी चिच्याएपछि परिवारका अन्य सदस्य र छिमेकीले समेत थाहा पाउँदा रहेछन्।’

टाइम्स अफ इण्डियाका अनुसार वृद्धा श्रीमतीसँग यौनसम्पर्कको लागि जिद्धी गर्ने ती ८९ वर्षीय वृद्ध एक रिटायर्ड इन्जिनियर हुन्।गुनासोपछि अभियानका कर्मचारीले ति वृद्धलाई घरमै गएर सम्झाइबुझाइ गरेका छन्।

ती वृद्धलाई योग गर्न र ज्येष्ठ नागरिकको क्लबमा आबद्ध हुन र परामर्शदातासँग सम्पर्क गर्न सुझाव दिएर फर्किएका छन्।

४ असोज, २०७९, ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।