भारत-अष्ट्रेलिया र पाकिस्तान-इङ्ग्ल्याण्डबीचको टी ट्वेन्टी श्रृङ्खला आजबाट, १७ वर्षपछि इङ्लिस टोली पाकिस्तानमा खेल्दै

भारत-अष्ट्रेलिया र पाकिस्तान-इङ्ग्ल्याण्डबीचको टी ट्वेन्टी श्रृङ्खला आजबाट, १७ वर्षपछि इङ्लिस टोली पाकिस्तानमा खेल्दै

काठमाडौं: भारत र अष्ट्रेलिया तथा पाकिस्तान र इङ्ग्ल्याण्डबीचको टी ट्वेन्टी क्रिकेट श्रृङ्खला आजबाट सुरु हुँदैछ। भारत र अष्ट्रेलियाबीचको खेल आज साँझ नेपाली समयअनुसार साँझ ७:१५ बाट सुरु हुनेछ।

अष्ट्रेलियन टोली श्रृङ्खलाका लागि भारतमा छ।

यस्तै पाकिस्तान र इङ्ग्ल्याण्डबीचको खेल राति ८:१५ बाट सुरु हुनेछ। खेल पाकिस्तानको नेशनल स्टेडियम कराँचीमा हुनेछ। यी दुई टोलीबीच सात वटा खेल हुनेछ।

टी ट्वेन्टी श्रृङ्खलाको लागि इङ्लिस टोली १७ वर्षपछि पाकिस्तान आएको हो।

यता भारत र अष्ट्रेलियाले तीन खेलको प्रतियोगिता खेल्नेछन्। हालै सम्पन्न एसिया कपमा निराशजनक प्रदर्शन गरेको भारतीय टोलीलाई यो प्रतियोगिता महत्त्वपूर्ण हुनेछ। किनकि यसले आगामी महिना हुने टी ट्वेन्टी विश्वकपको लागि पनि टोलीलाई तयार गर्नेछ।

४ असोज, २०७९, ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।