उकेरा प्रदेश

इन्टरनेट कम्पनी सञ्चालकको विवादमा प्रहरीको शङ्कास्पद व्यवहार, सईले पैसा लिँदै गरेको फुटेजमाथि अनुसन्धान


बुटवल : पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर १ का आकाश भनिने प्रियब्रत श्रेष्ठले गत चैत २९ मा आफ्नो एक्मी टेक्निकल इन्स्टिच्युट प्राली सुनवलकै लुप नेटवर्क लिमिटेडलाई बिक्री गरे।

त्यसका सञ्चालक हुन सतिश पोखरेल। २ करोड ७५ लाखमा श्रेष्ठले आफ्नो एक्मी टेक्निकल इन्स्टिच्युट  प्राली पोखरेललाई दिए। सर्त थियो पुस १५ भित्र पुरा रकम दिने।

‘टोकन अफ मनी’को रूपमा श्रेष्ठले ५ लाख बुझे। पहिलो भाका अनुसार १५ साउनमा ७० लाख रुपैयाँको चेक थियो।

तर १५ साउनमा उक्त चेक साटिएन। श्रेष्ठले बारम्बार सहमति अनुसार पैसाको मागे। तर पोखरेलले देशको आर्थिक स्थितिको अवस्था बताउँदै रकम दिन आलटाल गरे।

पहिलो भाका अनुसार ७० लाखको चेक साटिएन। त्यसपछि थप रकम दिने भाका भदौ १५ सकिदा समेत पहिलो चेक नसाटिएपछि श्रेष्ठले पोखरेललाई बारम्बार फोन गरे। तर फोन उठेन।

' फोन नउठेपछि मलाई जसरी पनि पैसा चाहिन्छ भनेर लुप नेटवर्क लिमिटेडका दुई शाखा सुनवल बाट २४ हजार र खैरनी बाट १८ हजार डेली ट्रान्जेक्सको रकम लिए। भुमही र बर्दघाटको शाखामा जाँदा दैनिक आर्थिक कारोबार व्यक्तिको नाममा राखिसकेका थिए’ उनले भने।

बिक्री गरे बापतको रकम माग्दा रकम नदिएपछि आफ्नो खर्च व्यवहार मिलाउन पछि मिलाउने हिसाबले शाखाबाट उक्त रकम आफूले लिएको उनको दाबी छ।

त्यसपछि लुप नेटवर्क लिमिटेडका सिइओ माधव अधिकारी श्रेष्ठलाई भेट्न आए। तर श्रेष्ठले पोखरेलसँग कारोबार भएको र पोखरेलसँग मात्र कुराकानी गर्ने अड्डी लिए।

तर त्यही दिन उनलाई लेप नेटवर्क लिमिटेडको नामबाट पत्र आयो। पत्रमा आचारसंहिता पालना नगरेको उल्लेख थियो।

उक्त पत्र बोधार्थको रूपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत दिइएको थियो।

त्यसपछि भदौ ७ गते प्रशासनमा कबुलियतनामा भयो।  कबुलियतनामा समयमै रकम भुक्तानी गर्ने  र एक आपसमा दुवै पक्ष मिली सहयोग गर्ने उल्लेख गरियो।

त्यसपछि श्रेष्ठले पुन पैसाका लागि पोखरेललाई फोन गरे। तर फोन उठेन। यही क्रममा श्रेष्ठमाथि जिल्ला अदालत परासीमा ‘करार सम्झौता विपरीतको कार्य गरी हुन गएको आर्थिक हानी-नोक्सानीको क्षतिपूर्ति दिलाई भराई पाउँ’ भनेर मुद्दा दर्ता भयो लुप नेटवर्क लिमिटेडका रिजनल म्यानेजर राजन कोइरालाबाट।

 ‘व्यवसाय बिक्री गरेबापत सम्झौता अनुसार रकम दिनुपर्नेमा उल्टै आचारसंहिता पालना नगरेको भनियो। पछि मुद्दा नै दर्ता भएपछि मैले पनि न्यायको निसाफ खोज्न चेक बाउन्सको मुद्दा दर्ता गरे’ उनले भने।

श्रेष्ठले चेक बाउन्सको मुद्दा लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले दुःख दिएको गुनासो गरे। ११ बजे जाहेरीका लागि प्रहरी कार्यालयमा गए पनि प्रहरीले ठाडो निवेदन दिन भने। सरकारी वकिलको बलमा साँझ ६ बजे मात्र जाहेरी दर्ता भयो।

उनका अनुसार दर्ता गरेको जाहेरीबारे बुझ्दा जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जीका लागि प्रक्रिया अघि बढेको बतायो।

व्यवसाय विक्री गरेबापत पाउनुपर्ने रकम आफूले सहमति अनुसार पाउनुपर्ने मुख्य माग रहे पनि लुप नेटवर्कले आफूलाई विभिन्न बहानामा दुःख दिइएको उनको भनाई छ।

जिल्ला प्रहरी कार्यालय कार्यालयका डिएसपी भोजराज पाण्डे भने कानुन अनुसार चेक बाउन्सको जाहेरी श्रेष्ठले दर्ता गरे पश्चात् अनुसन्धान भइरहेको दाबी गरे।

यी दुई कम्पनी खरिद बिक्री हुनु अघि सुनवल क्षेत्रलाई मुख्य बजार बनाई इन्टरनेट बिक्री गर्ने प्रतिस्पर्धी कम्पनी थिए। त्यसपछि श्रेष्ठले आफ्नो एक्मी टेक्निकल लुप नेटवर्कलाई २ करोड ७५ लाखमा बिक्री गरे।

बिक्रीपछि लुप नेटवर्कमा श्रेष्ठको २५ लाख सेयर हुने सहमति भएको थियो। यता लुप नेटवर्क लिमिटेडका सिइओ राजन कोइरालाले चेक दिएको मिति भन्दा ३ महिना पछिसम्म रकम दिने सहमति भए पनि बिक्री पश्चात् कम्पनीमाथि हस्तक्षेप गर्दा कानुनी बाटो रोज्नुपरेको दाबी गरे।

‘पैसा दुई-तीन महिना घटाएर बढाएर सहमति दिने भनिए पनि उहाँले पैसाका लागि तारनतार गर्ने काम गर्नुभयो। कातिबेला आफैले अफिस चलाउने भन्नुभयो। २ दिन हामीलाई समेत कम्पनीमा छिर्न दिनुभएन। त्यसपछि हामीले कानुन अनुसार अघि बढेको हौ’ उनको दाबी छ।

कर्मचारीलाई भड्काउनुका साथै ग्राहकलाई समेत भड्काउने गरेकाले कम्पनीले उक्त एक्मी टेक्निकल इन्स्टिच्युट प्राली चलाउन नसक्ने अवस्थामा आएको उनको दाबी छ।

एक्मी टेक्निकल इन्स्टिच्युट प्राली लुप नेटवर्क लिमिटेडले किने पनि व्यवसाय भने लुप नेटवर्क नै रहेको छ।

एक्मीका सञ्चालक श्रेष्ठले आफूले ग्राहक भड्काउने काम नगरेको दाबी गरे।

आफूले कम्पनी सञ्चालन गर्दा २ हजार २ सय ६० ग्राहक रहेको र मासिक ३० लाखको कारोबार हुने गरेको भन्दै उनले आफूबाट कम्पनी लगेपछि लुप नेटवर्कले शाखा कार्यालय स्थानान्तरण गर्ने बेला नेट अवरुद्ध हुँदा ग्राहकको सङ्ख्या घटेको दाबी गरे।

‘मैले सहमति अनुसार आफूले राखेका कर्मचारी ६ महिनासम्म निकाल्न पाइँदैन र शाखा कार्यालयहरू कम्तीमा ६ महिना स्थानान्तरण नगर्नु भनेको थिए। तर उहाँहरूले १ महिनामै मैले राखेका कर्मचारी निकाल्नुभयो। ५ वटा शाखा मध्ये ३ वटा शाखा स्थानान्तरण गर्दा महिना दिनसम्म इन्टरनेट अवरुद्ध हुँदा ग्राहक घटेका हुन’ उनले भने।

प्रहरीको भूमिका शंकामा

श्रेष्ठले लुप नेटवर्क लिमिटेडका व्यक्तिले प्रहरीलाई प्रलोभनमा पारेको आरोप लगाए। आफूले जाहेरी दर्ता गर्दा प्रहरीले अनावश्यक दुःख दिएको बताउँदै लुप नेटवर्कको कार्यालयमा प्रहरीले रकम लिएको सिसिटिभी फुटेजमा देखिएकाले प्रहरीले भूमिका शङ्कास्पद देखिएको उनको दाबी छ।

सिसिटिभी फुटेजमा लुप नेटवर्कका सिइओ राजन कोइरालाले जिल्ला प्रहरी कार्यालय परासीका सई महेन्द्रराज काफ्लेलाई नगद रुपैयाँ दिइएको देखिन्छ।

यस विषयमा लुप नेटवर्कका सिइओ कोइरालाले जिल्ला प्रहरी कार्यालयलाई पनि इन्टरनेट दिएको भन्दै उक्त रकम लेनदेन कार्यालयको रहेको दाबी गरे।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी पाण्डेले यस विषयमा अनुसन्धान भइरहेकाले केही बताउन नमिल्ने बताए।

‘उहाँले यो विषय प्रहरी हेडक्वाटरमा समेत जाहेर गरेकाले अनुसन्धान भइरहेको छ’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

श्रमिकका सकस, भन्छन्– ‘उपचार गरेको ऋण तिर्न सकेको छैन, कसरी दशैं मनाउनु ?’

‘अस्पतालमा भर्ना हुदा लागेको ऋण तिरेकै छैन, फेरि दशैं आइसक्यो,’ उनले भने, ‘आउजाउको भाडा र दशैंखर्च नभएकाले घर जान सकिएन। गाडी भाडा, लत्ताकपडा, मासु किन्ने....

वैदेशिक ऋणले पालिँदै प्रदेश सरकार, आन्तरिक आम्दानीले कर्मचारीको तलब पनि पुग्दैन

अहिले प्रदेश सरकारले गर्ने आन्तरिक स्रोत तर्फको आम्दानी हेर्ने हो भने त्यो आम्दानीले त्यहाँका कर्मचारीलाई तलबभत्ता दिनै नपुग्ने स्थिति छ। लुम्बिनी प्रदेशमा सरकारको आम्दानीले तलबभत्ता....

दुई वर्षकाे आम्दानी फर्काउँदै पाेखराका डुंगा व्यवसायी, दैनिक चार हजारसम्म कमाउँछन् चालक

राम्रै आम्दानी गरिरहेका उनलाई तब संकट आइलाग्यो जब कोरोना भाइरस संक्रमण छपक्क छोप्यो। पेशा व्यवसाय ठप्प बन्यो। डुंगा चलाएर दैनिक घरखर्चको जोहो गर्दै आएका मगरले....

बडादशैंकाे चहलपहल : गाउँ भरिँदै, शहर रित्तिँदै

मजदुरी, रोजगारी र अध्ययनका लागि बाहिर गएकाहरू घर फर्किएका छन्। गाउँ फर्कने क्रम बढेसँगै सुनसान ग्रामीण बस्तीमा खुसीयाली छाएको छ। फुलपातीसम्म पुग्न नभ्याउनेहरू टीकाको दिनसम्म भए....

लुम्बिनीका बेइमान सांसदहरू: जसले जनादेश लत्याउँदै स्वार्थलाई महत्त्व दिँदा कार्यकाल पूरा गर्न पाएनन्

नियतिले कार्यकाल पूरा गर्न नपाउनेमा नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोखरेल र एमाले सांसद उत्तरकुमार वली हुन्। उनीहरू दुवैको मृत्यु भयो। पोखरेलको स्थानमा दाङका शंकर गिरी....