समानुपातिक सूची बुझाउन निर्वाचन आयोगमा प्रमुख दलका नेताको भिड

समानुपातिक सूची बुझाउन निर्वाचन आयोगमा प्रमुख दलका नेताको भिड

काठमाडौँ : प्रमुख दलका नेताहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभाका आफ्नो पार्टीका समानुपातिक उम्मेदवारको सूची बोकेर निर्वाचन आयोग पुगेका छन्। निर्वाचन आयोगले आइतबार र सोमबार सूची बुझाउन समय दिए पनि उनीहरूले आइतबार बुझाएनन्।

पार्टीमा  सोमबार दिनभर छलफलपछि सूची बनाएर दलका नेताहरू पाँच बजे अगाडि नै आयोगको कार्यालय पुगेका हुन्। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको तर्फबाट समानुपातिक सूची बोकेर आयोग पुगे।

माओवादी केन्द्रका महासचिव देव गुरुङ आयोगमा छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ आयोगमा पुगेका छन्। एमाले, एकीकृत समाजवादी लगायतका दलले पनि आजै सूची बुझाउने छन्।

प्रतिनिधिसभामा समानुपातिक कोटामा १ सय १० र ७ प्रदेशसभामा २ सय २० उम्मेदवार हुनेछन्। दलले पाएको मतका आधारमा आज बुझाउने सूचीमा रहेकाहरुमध्येबाट प्राथमिकताका आधारमा सांसद चयन हुनेछन्।

आज दलहरुले बुझाउने सूची रुझु गरेर आयोगले अन्तिम स्विकृती दिनेछ।

३ असोज, २०७९, १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।