यसरी मनाइयो लुम्बिनीमा संविधान दिवस [फोटो फिचर]

यसरी मनाइयो लुम्बिनीमा संविधान दिवस [फोटो फिचर]
तस्बिरहरू: विकाश पराजुली

बुटवल: सातौँ संविधान दिवस बुटवलमा पनि मनाइएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुटवल मण्डपमा रहेको बुटवल अन्तर्राष्ट्रिय सभा हलमा विशेष कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाइएको हो।

त्यसअघि राजमार्ग चौराहबाट मण्डपसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्याण्ड बाजा, विभिन्न झाँकी, लाखे नाचसँगै भएको प्रभातफेरी मण्डपमा पुगेर विशेष समारोह कार्यक्रममा परिणत भएको थियो।

विशेष समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानले दिएका अधिकारहरू क्रमशः संस्थागत हुँदै गएको बताए।

उक्त कार्यक्रममा प्रदेश सरकारले स्थापना दिवसको अवसरमा दिने विभिन्न पद प्राप्त गर्नेहरूको नामावली समेत सार्वजनिक गरिएको थियो।

३ असोज, २०७९, ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।