विराटनगर महानगरले ल्यायो हटलाइन सेवा, गुनासो र सुझाव टिपाउन प्रमुखको आग्रह

विराटनगर महानगरले ल्यायो हटलाइन सेवा, गुनासो र सुझाव टिपाउन प्रमुखको आग्रह

मोरङः विराटनगर महानगरपालिकाले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।

महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए।

चौबीसै घण्टा खुला रहने सेवामार्फत आएका गुनासोको प्राथमिकताका आधारमा समाधान गरिने उनले बताए। ईमेलमार्फतसमेत गुनासो र सुझाव दिन सकिने व्यवस्था मिलाइएको उनले बताए।

शनिबारदेखि सञ्चाललनमा ल्याइएको हटलाइन नम्बर १६६०२१४२२२२ मा गुनासो र सुझाव टिपाउन सकिनेछ।

हटलाइन व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपप्रमुख शिल्पा निराला कार्कीले बताइन्।

हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोट गरेर प्रमुख एवं उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछन्।

१ असोज, २०७९, २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।