डा. केसीको सत्याग्रहमा ऐकबद्धता जनाउँदै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) 

डा. केसीको सत्याग्रहमा ऐकबद्धता जनाउँदै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौंः चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले शनिबार बिहान विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

उनीहरूले हातमा उपचार गर्न कहिलेसम्म काठमाडौं धाउनुपर्ने, माफियाको मिसन सिटामोलमा कमिसन, मधेश प्रदेशमा सरकारी शिक्षण अस्पताल कहिले बन्छ, गेटामा स्वास्थ्य सेवा कहिले सुरु हुन्छ ? लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

चिकित्सा सुधारका अभियन्ता डा. केसी ६ दिनदेखि कैलालीको धनगढीमा आमरण अनशनमा छन्। उनी सात बुँदे मागसहित अनशन बसेका हुन्। यो उनको २०औं सत्याग्रह हो।

१ असोज, २०७९, १५:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।