अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो वार्ता टोली, डा. केसी पक्षबाट पनि चार सदस्यीय टोली गठन

अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो वार्ता टोली, डा. केसी पक्षबाट पनि चार सदस्यीय टोली गठन

काठमाडौंः सरकारले पाँच दिनदेखि अनसनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने विज्ञप्तिमा उल्लेख छ।

वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ।

यस्तै डा. केसी पक्षधरले पनि वार्ता टोली गठन गरेका छन्। केसीको पक्षबाट डा. जीवन क्षेत्रीको संयोजकत्त्वमा ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदीको वार्ता टोली गठन भएको हो।

यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर डा. केसी पाँच दिनदेखि धनगढीमा अनसन बसिरहेका छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

३१ भदौ, २०७९, २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।