आवश्यक परे १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिनुहोस् : मेयर शाह

आवश्यक परे १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिनुहोस् : मेयर शाह

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेंगुका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताए।

मेयर शाहले डेंगु फैलिरहेको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको जानकारी दिँदै त्यसका लागि महानगरपालिकाले आवश्यक कदम उठाएको बताए।

शाहले संक्रमितहरूका लागि शुक्रबारदेखि २४ घण्टे हटलाइन सुरु गरेको जानकारी गराएका छन्। उनले संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सक्ने व्यवस्था पनि गरेका छन्।

योसँगै डेङ्गु विरुद्धमा सामुदायिक रूपमा नै सक्रिय भएर लाग्न मेयर शाहले नगरवासीहरूलाई अपिलसमेत गरेका छन्।

मेयर शाहले पहिलेदेखि भइरहेका रोकथामका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्ने पनि बताएका छन्।

३१ भदौ, २०७९, १८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।